तनहुँ नेवाः खलः छगू म्हसीका
(तनहुँ नेवाः खलः एक चिनारी)
(तनहुँ नेवाः खलः एक चिनारी)
तनहुँ नेवाः खलः
ब्यास नगरपालिका, दमौली, तनहुँ
नेपाल संवत ११२६ (वि.सं.—२०६२)
ब्यास नगरपालिका, दमौली, तनहुँ
नेपाल संवत ११२६ (वि.सं.—२०६२)
पृष्ठभूमि ः
नेपाल अधिराज्यमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरुमा नेवार पनि एक हो । नेवारहरुको मूल थलोको रुपमा काठमाडौ उपत्यका (नेपालमण्डल) हो । नेवारलाई काठमाडौं उपत्यकाका आदिवासी मानिन्छ । नेवारलाई आर्य, मंगोल लगायतका सबै जातको मिश्रित रुप इतिहासविद्हरुको एकथरी मत अनुसार ‘नेवार’ शब्दको उत्पत्ति र उनीहरुको बसोबासको थलो नेपालसंग सम्वन्धित छ भने अर्कोथरी मत अनुसार नेवारहरु दक्षिण भारतमा बस्ने नयार त्यहाँबाट आई बसोबास गरेकाले नयार शब्दबाट नेवार भएको हो । पाँचौं शताब्दीतिर (लिच्छविकाल) दक्षिण भारत कर्णाटकका तत्कालीन राजा नान्यदेवसंगै नेवारहरु नेपालमा प्रवेश भएको मानिन्छ । नेपाल अधिराज्यमा नेवार जनसंख्या १२,४५,२३२ भएको हिसावले यो राज्यको साधे ५ प्रतिशत हिस्सा ओगटेको छैठौं ठूलो समुदाय हो । आजभन्दा करिव अधाई सय वर्ष पहिलो काठमाडौं र यसको वरपर राज्य सञ्चालन गरी बसेका नेवारहरु नेपाल राज्यको एकीकरण पश्चात राज्य सञ्चालनबाट बञ्चित भएपछि कति उपत्यका मै रहे भने कतिपय नेवारहरु देशका विभिन्न भागमा आफ्नै पेशा ब्यवसाय गरेर बस्न थालेको पाइन्छ । यस जिल्लामा नेवाः बस्ती शुरु वि. सं. १८२५ मा नेपाल राज्यको एकीकरण पश्चात काठमाडौं उपत्यकाका नेवारहरु देशभरी छरिने क्रममा थालनी हो भन्ने एकथरी मत छ भने नेपाल एकीकरण पूर्व नै सेनबंशी राजाहरुको पालामा नै यहाँ नेवाः बसोबास रही आएको भन्ने अर्कोथरी मत पाइन्छ ।
नेवाः खलः÷नेवाः देय् दबूको नाममा नेवाः संस्कृति र जातीय पहिचानको संरक्षण, सम्बद्र्धन तथा विकास गर्ने पहलहरु एत्रतत्र भएपछि हाम्रो तनहुँ जिल्लामा भने छरिएर रहेका गुठहरुमा भएका सीमित कार्य बाहेक अरुकुनै सामुहिक प्रयास भएको भेटिंदैन । हाल यसको तडकारो आवश्यकता महसुर गरी यसै वर्ष २०६२ मा राष्ट्रिय विभूति शंखधर साख्वाः बाट प्रतिपादित नेपालको आफ्नै मौलिक नेपाल संवत ११२६ को नव वर्षको दिन दमौलीमा भएको एक नेवाः भेलाले जिल्लामा छरिएका नेवारहरुलाई एकैसुत्रमा गोलबन्द भई आपसी समन्वय र सामुहिक पहल गरी नेवाः संस्कृति पहिचान र लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न संगठित रुपमा लाग्ने उद्देश्यले तनहुँ नेवाः खलः स्थापना गरिएको छ ।

तनहुँ जिल्ला र नेवाः
नेपाल अधिराज्यको चारैतिरबाट मध्यभागमा पर्ने यस जिल्ला पूर्व देशान्तर ८३ं ७५’’ —८४ं ३४ र उत्तर अक्षांश २७ं ४४’’—२८ं ०८’’ मा अवस्थित छ । यस जिल्लाको पूर्वमा गोरखा तथा चितवन, पश्चिममा स्याङ्जा, उत्तरमा कास्की तथा लमजुङ र दक्षिणमा पाल्पा, चितवन र नवलपरासी जिल्लाहरु रहेका छ भने अग्लो स्थान छिम्केश्वरीको डाँडा रहेको छ ।
तनहुँ जिल्लाको पुरानो र प्रमुख नेवाः बस्तीहरुमा बन्दीपुर, डुम्रिखर्क, नाब्रुङ, मेहलडाँडा, मैबल, महन्टेहटिया, पुर्कोट, दोरदोर, टुहुरेपसल, चौकचिसापानी, तनहुँसुर, राङरुङ, साबुङ, दभुङ,्र श्याम्घा, जामुने, छाङ, शिशाघाट, उमाचोक, क्यामिन, ऋपिङ, भीमाद, पोखरीछाप, घिरिङ, बन्केवा, ढोरभुसुनापुर, गजरकोट, भिरकोट आदि पर्दछन् । २०२६ सालमा जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौली स्थानान्तरण भएपछि र पृथ्वी राजमार्गले जिल्लाको मध्ये भागबाट चिर्दै गएपछि बसोबास भएको राजमार्ग वरपरका नेवाः बस्तीहरुमा आँबुखैरेनी, सत्रसय, विमलनगर, भन्सार, डुम्रे, दमौली, जामुने, थर्पु, मनहरी, खैरेनीटार र डुलेगौडा प्रमुख छन् । तनहुँ जिल्लामा ४७०९ नेवार घरधुरी छन् । तनहुँ जिल्लाको नेवार जनसंख्या २७,१०२ रहेको छ । जिल्लामा बसोबास गरेका नेवार थरहरुका श्रेष्ठ, प्रधान, कायस्थ, बतास, मल्ल, मूल, पिया, सुल्पे, राजभण्डारी, कर्माचार्य, बज्राचार्य, मास्के, ताम्राकार, शाक्य आदि प्रमुख छन् ।

नेवाः धर्म र संस्कृति
नेवारहरु मूख्य त हिन्दू र बौद्ध धर्म मान्दछन् । इतिहासविज्ञहरुका अनुसार सुरुमा नेवारहरु बौद्ध धर्माबलम्वी थिए । धार्मिक अनुकरणको लामो क्रममा यिनीहरुको आफ्नै नविन परम्पराको सुरुवात भएको पाइन्छ । नेवाःमा पेशागत आधारमा थर वर्गीकरण गरिएको छ । जस्तै जोशी र बज्राचार्य (पुरोहित÷पुजारी) हलुवाई (मिठाईको कारोबार) प्रधान र श्रेष्ठ (प्रशासनिक), ताम्राकार (तामाको कारोबार), शाक्य÷सुवर्णकार(सुनचाँदी कारोबार), रञ्जितकार (रंगको कारोबार), शिल्पकार (शिल्पकला) आदि ।
नेवारहरुको जन्मदेखि मरणसम्म गरिने संस्कारहरु हिन्दू धर्ममा हुने १६ संस्कारभित्रै पर्ने भए पनि आफ्नो खाले विभिन्न संस्कार पनि हुन्छन् । नेवारमा आफूभन्दा जेठोबाठोलाई हिना (ढोग) गरेर सम्मान प्रकट गरिन्छ । महिला गर्वबती हुँदा धौबजी नकेउ (दही चिउरा ख्वाउन जाने) चलन छ । नेवारमा बच्चा जन्मेपछि बच्चाको मामाघरमा तु(उखु) र पालु (अदुवा) पठाई खबर गर्ने चलन छ । बच्चा जन्मेपछि परिवार जौली मौ (बिटुलिएको) मानिन्छ । बच्चा जन्मेको पाँचौं, छौठौं वा दशौं दिनमा जौली (मचा बू ब्यंकेगु) पछि मात्रै चोखिने चलन छ । बच्चाको बोलाउने नाम फूपुले र चिनाको नाम जोशीले राख्ने चलन छ भने कतै बाहुन बोलाएर होम हालेर नामाकरण गरिन्छ । यस्तै सुत्केरीलाई बच्चा जन्मेको महिना दिन भित्रै माइतीतिरबाट मचा बू स्वःवनेगु, बजी नकाः वनेगु भनी विभिन्न खानेकुरा ख्वाउन जाने चलन छ । बालक भएको खण्डमा ६—७ महिना भएपछि र बालिका भएमा ५—७ महिना भएपछि मचा जंक्वः (अन्नप्राशन) को रुपमा गणेशलाई चढाई अन्नका साथ विभिन्न परिकारहरु बनाएर ठोस आहार ख्वाउन शुरुवात गरिन्छ । बच्चालाई सो दिन जुन जुन खानेकुरा ख्वाइन्छ, जीवन भर बच्चाले त्यहीं खानेकुरा खान पाइन्छ भन्ने आहान छ । बच्चा ६ वा ७ वर्षको पुगेपछि मामाले कैचीले कपाल काटेर र फुपुले पूजा गरि दिएको छुरीले कपाल खौरेर बसुका (टोपी दिने) चलन गरिन्छ । बालकले चिवर र धोती बस्त्र पहिरेर मन्दिरहरु चहारि प्रार्थना गरेर भिक्षा माग्दछ । कन्याको हकमा भने मासिक धर्मगुरु हुनु अगावै ईही÷बेल (विष्णु प्रतिक) संग विवाह गरिन्छ । यसरी विष्णुसंग विवाह गरेपछि बालिका विष्णु र वेल रहेस्रम्म विधवा हुँदैन भन्ने मान्यता रहि आएको छ । सो बखत बालिकालाई घर गृहस्थीबारे जानकारी गराइन्छ । यस्तै बालिकालाई मासिक धर्म हुनु अगावै १२ दिनसंग बाहिरी संसार (पुरुष) र सूर्यप्रकाश पनि नदेख्ने गरी अलगै कुना राखेर १२ औं दिनमा सूर्यको पूजा अर्चना गरी बाहिरीगरी संसारमा निकालिन्छ ।
विवाहलाई नेवारहरु दुई परिवार बिचको मिलनको रुपमा लिन्छन् । लमीले अभिभावकहरसँग कुरा मलाई दुवैको ज्योतीषिको चिना (जन्मकुण्डली) भिडाएर मिलेपछि विवाह निधो हुन्छ । विवाहको निधो भएपछि केटाघरको तर्फबाट केटिको घरमा लम्पिचा (चादिको बट्टा) मा १०ग्वें (सुपारी), सिन्हमु (सिन्दुरबट्टा) लाखामरी र फलफुलकरु पठाई पछि पण्डितबाट तिथि हेराएर विवाह गर्ने चलन छ । विवाहको अघिल्लो दिन एकपाथी दुध, चाकु र सुकमेल पठाएर केटीको आमाको दुधभारा बुझाउनु पर्दछ । केटापक्षबाट दुलही लिन जन्ती जानुभन्दा अगाडी केटी पक्षमा साइपाटा (बैनासगुन) लाने चलन छ । स्वयम्वरमा चिपन्ठिके (जुठो खुवाउने ), दुलहीलाई ब्वा,किजः व पाजु ( बुवा,दाजु वा मामा) ले ढाडमा बोकी घरबाहिर ल्याई दुलाह पक्षलाई बुझाएर विदा दीने चलन छ । यता दुलहि दुलाहाको घरमा आए पछि ढोकामा उभ्याएर पुरोहितले कुल देवता, गणेश आदिको पुजा गराई घरको साचो जिम्मा दिए पछि दुलाहादुलैले संयुक्त रुपमा ‘होकेगु’पुजा गर्दछन् । ‘होकेगु’पछि मन्दिरमा गएर पुजा गरि दुलाहाले दुलहिलाई कपालमा सिन्दुर हाल्ने गर्दछन् । यसरी नै चौथो दिनमा ख्वः स्वेउ (मुहार हेर्ने) भनी दुलहिको माईति पक्ष आएर दुलहिको अवस्था हेर्ने चलन हुन्छ । नेवारी समाजमा सुपारीको ठुलो महत्व छ । कुनै पनि शुभकार्यको निम्तो दिदाँ सुपारी दिने चलन छ । दुलहिलाई नातेदारहरु संग नाता चिनाउँदा सुपारी दिएर हिना (ढोग) गर्ने चलन छ । स्वयम्वरमा दुलाहाले दिएको सुपारी आफ्नो दुलाहाको सिरानि मुनी राखेर कतै गयो भने पारपाचुके गरेको मानिन्थ्यो र उसलाई पुन विवाह गर्न छुट हुन्थ्यो । नेवारहरुमा ७७ वर्ष ७ महिना ७ दिन ७ घडि ७ पला पुगेपछि ज्या जंको (भीमरथारोहण), १००० पुर्णीमा देखे पछि (८३ वर्ष ४ महिना ४ दिन ४ घडि र ४ पला) पुगेपछि चन्द्ररथारोहण अनि ८८ वर्ष ८ महिना ८ दिन पुगे पछि देवरथारोहण ९९ वर्ष ९ महिना ९ दिन ९घडी र ९ पला पुगे पछि दिव्यरथारोहण र १०५ वर्ष ८ महिना र ८ दिन ८ घडी ८ पलामा महादिव्य रथारोहण गर्ने प्रचलन छ । यि सबै संस्कारबाट पार भए पछि स्व व्यक्ति भगवान सरह मानिने चलन छ ।
गुठी प्रथा र मृत्यु संस्कार ः
नेवा परिवारमा कुनै सदस्य सिकीस्त विरमी भएमा कासि बास जान सजिलो हुन्छ भनि नदि किनारमा लाने चलन थियो । मृत्यु पश्चात नेवारहरुको गुठीका सदस्यहरुलाई खबर गरि चार दिशा तर्फ चार बत्ति बालेर म्हा डिक्के गरि मृतकलाई सजायर शव यात्रा गरेर दाहा संस्कार गरेर मृतकको परिवार १३ दिन सम्म काजक्रियामा बस्ने र १ महिना, ४५ दिन, ६ महिना वा १ वर्ष सम्म चोखो बस्ने र पछि प्रत्येक वर्ष पितृ लाई पिण्ड तर्पन दिने परम्परा छ । नेवारी परम्परामा हु्ने तिन थरि गुठीका प्रकारहरु ः
१) द्योः व दिवाली गुठी ९क्यअष्ब िन्गतजष्० पुख्र्यौली कुल देवताको पुजा गर्ने अनिवार्य सदस्यता,
२) सना गुठी ९ँगलअतष्यलब िन्गतजष्० ः मर्दापर्दा शव उठाउन सबै सदस्य मलामी जाने लास गुठीयारले उठाउने व्यवस्वथा गर्ने संगठन र
३) सी गुठी ९च्भष्निष्यगक न्गतजष्० ः थकालीको नेतृत्वमा मृत्यु परान्त तयारी गर्न लास संगै गुठीयार गई दाह संस्कार गर्ने कार्य गर्दछ । जसको मुख्य एक वंशका परिवारहरुको देवता पुजा गर्ने काम गर्दछन् । जसलाई दिपु पुजगुठी भनिन्छ । कुनै पनि गुठीको जेठो मानिसलाई थकाली भनिन्छ ।
नेवा भाषा÷लिपि र कला ः
नेवाहरुको मातृभाषाको रुपमा आफ्नै मौलीक नेपाल भाषा र लिपि छ । जुन भोट……… , भाषा परिवारमा पर्दछ । सं.रा. संघको सदस्यता लिन देशको आफ्नै लिपी र संवत हुनु पर्नेमा नेपालको संघको सदस्यता लिने क्रममा देवनागरी लिपि पेश गर्दा भारत बाट विरोध भएर नेवारी लिपी र नेपाल संवत् देश भए पछि मात्र सदस्यता पाएको हो । यो लिपी करिब १२०० वर्ष अघि देखि नै प्रचलित रहेको छ । नेपाली साहित्यको ऐतिहासिक काल देखि संरक्षणमा नेपाल भाषाको महत्वपुर्ण योगदान छ । राष्ट्र संघको सदस्यता पाउन नेपाल भाषा र संवत्को प्रयोग भए पनि एकिकरण पश्चात राज्य पक्ष बाट नेवा ः भाषा र संस्कृतीको सधै उपेक्षा गरिदै आएको छ । विश्वमा एशियाको परिचय भनेर चिनिने पगोडा शैली नेवारी कला कृतीकै उत्कृष्ट नमुना हो । अन्तर राष्ट्रिय सुचिमा परेको नेपालको ७ मध्ये ६ सम्पदा नेवारी वास्तुकला भएबाट पनि नेवारी कलाको अवस्था थाहा हुन्छ । नेवा हरु शिक्षीत र सुसंस्कृत रहेको कुरा राज्यको व्यापार, उद्योग, कृषी, शिक्षा,चिकित्सा,शिक्षा र प्रशासनिक हरेक क्षेत्रमा यिनको पहँुच उच्च स्तरमा रहे बाट पनि थाहा पाउन सकिन्छ । यस जिल्लाका नेवाहरु तुलानात्मक रुपमा मुख्यत ः व्यापार र उद्योग धन्दाको क्षेत्रमा अग्रणी छन् । देशको शैक्षीक, कृषी, राजनीतिक, चिकित्सा, कम्प्युटर, प्राविधिक, साहित्य,कला र संस्कृतिका क्षेत्रहरुमा यिनीहरुको योगदान उल्लेखनिय छ ।
चाड पर्व र जात्रा ः
नेवार गठेमंगल बाट शुरु भई सिद्धिनखः सम्म वर्ष भरि मनाइने आफ्नो विशेष चाडपर्नको कारणले नै वर्षको ३६५ दिनमा ३६६ दिन चाड मान्ने जातको रुपमा परिचित छ । नेवारहरुको मुख्य चाडहरुमा ९ दिन सम्म मनाइने गुन्हे पुन्ही पनि एक हो । यसमा पहिलो दिन क्वाटिः त्वनेउ (क्वाटी खाने) र काः चिनेउ (रक्षाबन्धन), दोस्रो दिन वर्ष भित्र वितेका दिवङ्गत नातागोताको स्मृतिमा साँपारु (गाई जात्रा) निकालेर र अन्तमा कृष्ण अष्टमीको दिन रोपाई जात्रा मनाईन्छ । मोहनी (दशै) नेवारहरुको प्रमुख चाड हो यसमा पहिलो दिन टपरीमा माटो, मल जल हालेर मकेै र जौ को विउ रोपेर पुजा कोठामा नौला स्वाँ (जमरा) हुर्काईन्छ । यस विचमा नौ दिन सम्म दैनिक भगवतिको मन्दिरमा दुर्गा माताको आराधाना गरि पुजा आजा गरिन्छ भने नवमि को दिन स्याकोटयाकोको दिन दुर्गा भवानीलाई खसी, कुखुरा वा राँगो बलि दिईन्छ । दशौ दिन आफु भन्दा जेठा बाठाको (मान्यजनको) हात बाठ नौला स्वा र सीन्न (टिका) थाप्ने चलन छ । यस्तै नेवारी चलन अनुसार खिचा पुजा, क्वो पुजा (काग पुजा), म्ह पुजा, साँ पुजा(लक्ष्मी पुजा), किजःपुजा (भाई टीका) पुजा तिहारको आफ्नै महत्व छ । किजःका दिन भाईको वा वहिनीले दाईको दीर्घायुको कामना गर्दै पुजा गरिन्छ । वालाचह्रे (सदविज होल्लेउ) मा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै विभिन्न मन्दिरहरुमा गई टेवा (लावा) र विउहरु छरिन्छ । यस्तै योमरी पुन्हीका दिनमा राम्रो वाली भित्रयाउने कामनाका साथ योमरी खाने चलन छ । घय ः चाकु सोनल्हु कादिन घिउ, चाकु, खुदो खाएर र घाममा बसी तेल दलेर जिउ तताउने गरिन्छ । माघको मिला पुन्हि देखि सिह पुन्ही सम्म घर घरमा स्वस्थानी माताको ब्रत बसेर कथा बाचन गरि आफ्ना पति देव र परिवारको समृद्धिको कामना गरिन्छ । श्री पञ्चमीका दिन हिन्दु नेवाहरु सरस्वती माताको र बौद्ध मार्गीहरु मञ्जु श्री को पुजा आराधाना गर्दछन् । नेवाहरु शिवरात्री विशेष महा शिवरात्रीको रुपमा हर्षउल्लास का साथ रातभर जाग्रम बसि पुजा आजा गरि मनाउछन् । फाल्गु÷होली पुन्ही पनि नेवाहरुको ७ दिन सम्म मनाईने रमाईलो चाड हो । यस अवसरमा साथी संगीहरु बिच पानी र रंगले छ्यापेर खेल्ने गरिन्छ । स्वन्य पुन्ही (बुद्ध जयन्ती) बुद्ध भगवानको महा प्रस्थानको अवसर पारी सम्यक ज्ञान र मोक्ष प्राप्तिको कामना गर्दै मनाइने चाड हो । नेवारहरुले वर्ष भरिको चाडपर्वको अन्तिम चाड सिद्धीनखः को समयमा सिद्धी द्यः (कार्तिकेय कुमार) लाई पुज्दै मनाइन्छ र विशेष गरि चटामरी खाने चलन पनि छ । नेवाहरुको प्रचलित जात्राहरुमा विस्केट जात्रा,ईन्द्र जात्रा, लाखे नाच, भैरव नाच, बाघ जात्रा,घोडे जात्रा, रोपाई जात्रा, गठे मंगल, आदि हुन् । विस्केट जात्रा खासगरी भक्तपुर र ठीमीका नेवारहरुले मनाउने विशेष चाड हो । रातो÷सेतो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर र काठमाण्डौमा मनाइने चाड हो ।
खानपिन, गीत–संगीत र पहिरन ः
नेवाहरुको ख्यातीमा नेवारी खानाको निकै ठुलो घर भुमीका छ । हुन त नेवाहरुको चाडवाड र भोजभतेर बढी हुने कारणले नै “नेवार बिग्रयो भोजले” भन्ने चलन पनि छ । नेवाहरु छोयला कचिला मुस्ये वजी, सम्य वजी, लप्टे भ्वयँ, योमरी,चटामरी,अर्सामरी,म्याःमरी,भोटामरी,सिन्कामरी,लाखमरी,आटीमरी,चिनीमरी आदि परिकारका कारण पनि प्रख्यात छन् । नेवारी मादक पदार्थ ऐला र कः पनि निकै प्रख्यात छ । नेवारी गित संगित पनि निकै उच्च स्तरमा विकसित भएको पाईन्छ । माया प्रितीका गीतहरु देखि लिएर व्यङ्गय मिश्रित गितहरुमा पनि नेवा गितको पहुच गहिरो छ । नेवाको परम्परागत पोशाकमा दौरा, सुरुवाल र स्टकोट हुन्छ । किसान वर्गले दौरा माथी पटुका कसेर तल्लो भगमा सुरुवालको सट्टा वालगौटी मात्र लगाउदछन् । महिलाहरु हाकु पटासी (सारी) मिसालँ,मञ्जुकी,चोलो (व्लाउजहरु), जनि, पटुुकी, दुपट्टा धोती लगाउदछन् । कपाल कोर्ने धागोले बाध्ने तथा कान, घाँटी, हात आदिमा विभिन्न गहनाहरु लगाउने भए पनि नाक छेड्ने चलन भने पाईदैन ।

No comments:
Post a Comment