Friday, 16 December 2016

नेपाली भाषामा नेवारी भाषाको प्रभाव: सामान्य दृष्टि ****** साभार

परापूर्वकालदेखि नै एक भाषाभाषीको प्रभाव अर्को भाषाभाषीमा पर्दै आएको हो । एउटा भाषाको प्रभाव अर्को भाषामा नपर्ने हो भने प्रायः भाषाहरू समृद्ध हुन सक्तैनन् । कुनै पनि भाषामा मौलिक शब्दहरू हुनु नै राम्रो हो तर अर्को भाषाको प्रभाव पर्नै हुन्न पनि भन्न सकिन्न । ‘ बुढा मरै भाषा सरै’ भनेझैँ भाषा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदैँ जान्छ तथा अवस्था र स्थान विशेषका कारणले यो स्थानान्तरण पनि हुँदै जान्छ ।
नेपाली भाषाको मूल संस्कृत हुँदै हो, त्यसैले आधाजसो शब्द नेपालीमा संस्कृतबाट नै आएका छन् । यसैगरी नेपाली भाषामा अङ्ग्रेजी भाषाको प्रशस्त प्रभाव परेको छ । यस्तै अरबी, फारसी, हिन्दी, तुर्की, पोर्तगाली, चिनियाँ एवं फ्रान्सेली भाषाहरूको । नेपालमा बोलिने अन्य भाषाहरुको प्रभावलाई पनि नेपाली भाषाले राम्रैसँग ग्रहण गरेको छ । नेवारी, थारु, लिम्बू, मैथली, मगराँती आदि भाषाहरूबाट पनि प्रभावित छ नेपाली भाषा ।
राष्ट्र भाषाहरुमध्ये सबैभन्दा बढी नेवारी भाषाबाट प्रभावित छ नेपाली भाषा । नेपालको राजधानी नै नेवारहरुको बहुल क्षेत्र भएकाले यस्तो भएको हुन सक्छ । नेपाली बृहत् शब्दकोश ( ने.रा.प्र.प्र., परिमार्जित संस्करण २०५८ ) का अनुसार नेपाली भाषामा नेवारी भाषाका सवा दुई सय जति शब्दहरू मुद्रित रूपमा समाविष्ट छन् । तीमध्ये कतिपय शब्दहरु राजधानी बाहेक अन्यत्रका नेपाली भाषीहरूका जिब्रामा त्यति सारो झुन्डिन सकेका छैनन् ।
नेपाल भाषाको रूपमा समेत चिनिने नेवारी भाषामा कस्ता कस्ता शब्दहरू छन् भन्ने कुरा खोजको अर्कै विषय हुन सक्छ ।
म चाहिँ नेपाली भाषामा पचिसकेका वा पच्ने तरखरमा रहेका नेवारी शब्दहरूका आधारमा त्यस जातिका प्रवृत्ति, रुचि तथा विशेषताहरूबारे कोट्याउन खोज्दै छु ।
नेपाली भाषामा प्रवृष्ट शब्दहरू हेर्दा नेवारी भाषामा अनुनासिकता तथा ह्रस्वताले घर पाएको देखिन्छ ।
नेपाली बृहत् शब्दकोशको मात्रै भर परेर भन्नुपर्दा नेवारी भाषाबाट नेपाली भाषामा आएका शब्दहरू बढी वास्तु कला सम्बन्धी नै छन् । यो उनीहरू वास्तु कलामा अगाडि रहेको प्रमाण हो । त्यसैले यस्ता शब्दहरू बढी प्रचलनमा आएका हुन् । नेपाली वास्तुकलाको इतिहास हेर्यौँ भने वा काठमाडौं उपत्यकाका सहरहरूतर्फ एक दृष्टि मात्र लगायौँ भने पनि हामीले यो कुराको पुष्टि पाउन सक्छौँ । उनीहरुले आआफ्ना घरमा इँट, झिङटी तथा टायलहरूको प्रयोग गर्ने गरेको, घरहरुमा कौसी, बुइँगल आदिलाई महत्व दिने गरेको हामी पाउँछौं ।
यस्तै गृह निर्माणका क्रममा काठ, फलाम, बाँस आदिको प्रयोग भएको भेट्टाउँछौं । भवन विषयक यस्ता शब्दहरू अवाल, इलो, कउल/कवल, कुई, कुम्खा, कोटाली, कोला, कौसी, खल्मा, खसिपा, खापा, खाप्टा, चलु, चुकुल, चोटो, छिंडी, झरी, झिङटी, टकुँचा, टुनाल, ट्वाकल, ठ्याकप्वा, डकर्मी, दिलाप, नोबँटा, पलाँसी, बटाँ, बतासी, बुइँगल, बेताल, भौँप्वाल, भ्याल्सी, मटान, मा, मुठल, मुसी, लकासी, सन्झ्याल, साल, सिकर्मी, हँखी आदि हुन् ।
ईश्वरप्रति आस्था राख्ने, परम्परा निर्वाह गर्ने तथा सांस्कृतिक पक्षको जगेर्ना गर्ने कुरामा नेवारहरू अगाडि नै छन् । यो कुरा मन्दिर, तिथि, तन्त्र, राक्षस, भूत, नाच, जात्रा आदि सम्बन्धी शब्दहरू प्रचलनमा रहेकाले अनुमान गर्न सकिन्छ । यस्ता शब्दहरू इचङ्गु, ख्याक, गठे, गठेमङ्गल, गुभाजु, गुरुमापा, जङ्कु, डबली, न्यातपोल, पानीजुह, पाहाँचरे, पुलाँकिसी, बिनाबी, भ्वाङलाखे, मतया आदि हुन् ।
नेवारहरु सांस्कृतिक कार्यक्रमहरू गरि रहन मन पराउँछन् । गान बजानमा उनीहरूको राम्रै रुचि रहेको छ । प्रसिद्ध चाडपर्व तथा विशेष उत्सवहरुमा उनीहरू बाजागाजा साथ प्रस्तुत हुन्छन् । यस क्रममा धातु, छाला, गजाहरुको प्रयोग फुक्न, ठोक्न, रेट्न आदिका लागि गरिन्छ । यसरी उनीहरू कैपुँचा, कोंचाखी, कोकिंला, गुलाँ, घँगला, ङेकु, झ्यालिन्चा, ताःतिनीमनी, तिन्छु, दबदब, दमखि, धिमा, नयाखिं, नेकु, पिवाँचा, पैंता, पाङ्गा, यँका, याकबभुचा, लगुखजस्ता, तालबाजा, सिङबाजा, तारबाजा प्रभृतिका बाजाहरु प्रयोग गर्दछन् ।
नेवारहरुको खान्की सामान्यदेखि विशिष्ट स्तरसम्मका हुन्छन् । मासु, अचार, खट्टे, रोटी, चिउरा, माडाजस्ता खाजा तथा खानाका विभिन्न परिकार मन पराउने यिनीहरुलाई मिठाई पनि खुब मीठो लाग्दो रहेछ । खाद्य वस्तुहरुमा नेवारहरुले कचिला, कम्घासा, क्वाँटी, गोलफुकी, ग्वारामरी, ग्वार्चा, चटामरी, चाकु, छोयला, टिकनबजी, डुकु, पाउँ, पौं, भ्यात्तल, योमरी, लाखा, सिन्की, स्याबजी आदि प्रयोग गर्दछन् ।
नेवारहरु उद्यमी हुन्छन् । उनीहरू तानमा कपडा आफैँ बनाउँछन्, विभिन्न कपडाहरूमा किनार तथा विभिन्न बुट्टाहरू हाली सजाउँछन् । यस क्रममा उनीहरू कोका, खिका, तयँगा, थाज्या, थाज्या, पटासी, पौवा, फेलु, बाकन, बालकठी आदिसँग अन्योन्याश्रित छन् ।
नेवारहरूका विभिन्न चाडपर्वहरूमा रक्सीले सम्मान पाएको महसुस हुन्छ । यस्तै जाँड पनि उनीहरुको आवश्यकताकै रूपमा रहेको पाइन्छ । यस प्रकारका कट, खोला, दुबली, पाके, मनायु, मुती आदी शब्दहरू प्रचलनमा देखिन्छन् ।
नेवारहरु परम्परागत रुपमै कलाविद् जस्ता लाग्दछन् । यिनीहरु धातुहरूबाट विभिन्न किसिमका भाँडाहरु बनाउँछन् । त्यसका लागि विभिन्न साधनहरू समेत प्रयोग गर्दछन् । यस क्रममा ठो, करुवाजस्ता भाँडाहरुका लागि इचा, खन्चा, खासी, टाँपो, फोसी आदि प्रयोग हुन्छन् ।
मानिसहरूको जनसङ्ख्या बढ्दै गएपछि मानव समुदायमा विस्तारै श्रम विभाजनको धारणाले विकास पायो । त्यसै क्रममा खास खास क्षमता भएकाहरूलाई खास खास कामको जिम्मा दिइयो । यसरी खास खास कामको जिम्मा लिएका/पाएका समूहहरू नै पछिल्ला पिँढीहरुमा खास जातिका रुपमा चिनिन थाले ।
यस क्रममा नेवार जातिमा पनि छाला, फलाम, सरसफाइ, कपडा, खेती, तेल आदि क्षेत्रमा विशेष दखल भएकाहरु अवाले, कलु, कौ, च्यामे, छिपा, ज्यापू, डङ्गोल, नकर्मी, पोडे, साल्मी आदि उपजातिका रूपमा चिनिन थाले । यसै गरी ‘नेवा’ तथा ‘नेवार’ शब्दहरू भने सिङ्गो जातिलाई चिनाउने गरी प्रयोग हुन थाले ।
खेल विषयक शब्दहरु पनि छन् नेवारीबाट नेपालीमा आएका । खेलहरूमा चङ्गा, भुरुङजस्ता खेलहरू पर्दछन् । यस्ता शब्दहरु आजु, कका, ग्वाँक, ध्वाइँ, ध्वाइँकासा आदि हुन् ।
नेवारहरू माटा, काँस तथा अन्य धातुका भाँडाहरू समेत चलन गर्दछन् । यस्ता भाँडाहरूमा भिउँट, भोचा, मकल, सुकुन्डो आदि पर्दछन् । उनीहरूले माटोबाट भाँडा, मूर्ति आदि बनाउने हुनाले यस सम्बन्धमा गठेचा, धोगचा जस्ता शब्दहरू समेत प्रचलनमा पाइन्छन् ।
नेवारहरु परिश्रमी छन् । खेती जमेर गर्छन् र आफूहरूद्वारा उत्पादित सामग्रीहरु बिक्री गर्न रत्ति पनि सङ्कोच मान्दैनन् । त्यसैले यस जातिका मानिसहरुले दुःख पाएको पनि त्यत्ति देखिँदैन । उनीहरू भारी बोक्छन् तर बोकेको भारीले आफूलाई उति सारो थकाइ नलागोस् र बोक्ता अप्ठ्यारो नपरोस् भनेर सजिलो पार्ने साधनहरुको समेत प्रयोग गर्दछन् । यस्ता भारी र भरिया सम्बन्धी शब्दहरु खर्पन, चउ, नोल आदि हुन् ।
प्रकृति अनुसारका नोकरहरु जनाउन काठामचे, मोचे जस्ता शब्दहरू प्रचलनमा छन् । नेवारहरूका मौलिक गहना पहिचान गराउन टुकी, टुकिचाजस्ता शब्दहरु चल्तीमा छन् । यस्तै रोगहरु चिनाउन अडिन्चे, अलकाई, घोरीजस्ता शब्दहरू छन् ।
नेपालीमा भिजेका वा भिज्न खोजेका अन्य केही शब्दहरू व्यक्तिगत प्रवृत्ति, आकृतिगत विशेषता, शारीरिक अवयव, परिमाण, कुचो, नदी, कीरा, तरकारी आदि जनाउन आएका छन् । तीमध्ये केही शब्दहरू आसेपासे, कुसेत्रो, ख, खिता, गर्चो, ग्वाली, घैमल, चखन्ची, चर्पी, चाक्सी, च्याम्पटी, च्वाफी, छ्वाँके, छ्वायबाली, छ्वाली, छ्वालीखुट्टे, ज्यामी, ज्यामीमाहुरी, ज्याला, ज्यासल, टुकुचा, टुखुल, टुसाल, ट्वाँटी, ठ्या, ठ्यासफू, डेप्पा, ड्याक, ढुकुटी, ढेवा, दाप्चा, न्यासे, पाचुकी, प्यान, प्वाकल, फटाँ, फर्सी, फाकन, फुकी, फुने, फोसा, बच्छी, बाकुपौ, बुई, मङ्गाल, मचाकथी, मठया, मिसाखत, लखाकी, लपेस, लमी, लोंविल, ल्यासे, वाल, सुकुल, हकुवा, हाजा, हिग्वे, हिसी आदि हुन् ।
जुन भाषामा आफ्नो लिपि, आफ्ना शब्दहरू हुन्छन्, त्यो त्यतिकै सम्पन्न हुन्छ । नेवारी भाषाको आफ्नै लिपि पनि छ । देवनागरी लिपिमै पनि नेवारी भाषाका पुस्तकहरू लेखिएका होलान्, शब्द भण्डारको दृष्टिले नेपाली भाषा त्यति दुब्लो छैन । यही नै यस भाषाको उपलब्धि हो ।
आफ्नो भाषा, लिपि, इतिहास, संस्कृति जोगाउन आफैँ लाग्नु पर्दछ । अरूले जति नै गरे पनि पुग्दैन । यस कुरालाई नेवार जातिका अग्रणीहरूले राम्ररी बुझेका छन् । आफ्नो भाषिक आन्दोलनमा लागी परेका छन् । त्यसैले होला नेपालमा बोलिने राष्ट्र भाषाहरू मध्ये नेवारी भाषाले नै नेपाली भाषामा बढी प्रभाव पारेको 

Thursday, 15 December 2016

तनहुँ नेवा: खल: बाट साभार।

तनहुँ नेवाः खलः छगू म्हसीका
(तनहुँ नेवाः खलः एक चिनारी)
तनहुँ नेवाः खलः
ब्यास नगरपालिका, दमौली, तनहुँ
नेपाल संवत ११२६ (वि.सं.—२०६२)
पृष्ठभूमि ः
नेपाल अधिराज्यमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरुमा नेवार पनि एक हो । नेवारहरुको मूल थलोको रुपमा काठमाडौ उपत्यका (नेपालमण्डल) हो । नेवारलाई काठमाडौं उपत्यकाका आदिवासी मानिन्छ । नेवारलाई आर्य, मंगोल लगायतका सबै जातको मिश्रित रुप इतिहासविद्हरुको एकथरी मत अनुसार ‘नेवार’ शब्दको उत्पत्ति र उनीहरुको बसोबासको थलो नेपालसंग सम्वन्धित छ भने अर्कोथरी मत अनुसार नेवारहरु दक्षिण भारतमा बस्ने नयार त्यहाँबाट आई बसोबास गरेकाले नयार शब्दबाट नेवार भएको हो । पाँचौं शताब्दीतिर (लिच्छविकाल) दक्षिण भारत कर्णाटकका तत्कालीन राजा नान्यदेवसंगै नेवारहरु नेपालमा प्रवेश भएको मानिन्छ । नेपाल अधिराज्यमा नेवार जनसंख्या १२,४५,२३२ भएको हिसावले यो राज्यको साधे ५ प्रतिशत हिस्सा ओगटेको छैठौं ठूलो समुदाय हो । आजभन्दा करिव अधाई सय वर्ष पहिलो काठमाडौं र यसको वरपर राज्य सञ्चालन गरी बसेका नेवारहरु नेपाल राज्यको एकीकरण पश्चात राज्य सञ्चालनबाट बञ्चित भएपछि कति उपत्यका मै रहे भने कतिपय नेवारहरु देशका विभिन्न भागमा आफ्नै पेशा ब्यवसाय गरेर बस्न थालेको पाइन्छ । यस जिल्लामा नेवाः बस्ती शुरु वि. सं. १८२५ मा नेपाल राज्यको एकीकरण पश्चात काठमाडौं उपत्यकाका नेवारहरु देशभरी छरिने क्रममा थालनी हो भन्ने एकथरी मत छ भने नेपाल एकीकरण पूर्व नै सेनबंशी राजाहरुको पालामा नै यहाँ नेवाः बसोबास रही आएको भन्ने अर्कोथरी मत पाइन्छ ।
नेवाः खलः÷नेवाः देय् दबूको नाममा नेवाः संस्कृति र जातीय पहिचानको संरक्षण, सम्बद्र्धन तथा विकास गर्ने पहलहरु एत्रतत्र भएपछि हाम्रो तनहुँ जिल्लामा भने छरिएर रहेका गुठहरुमा भएका सीमित कार्य बाहेक अरुकुनै सामुहिक प्रयास भएको भेटिंदैन । हाल यसको तडकारो आवश्यकता महसुर गरी यसै वर्ष २०६२ मा राष्ट्रिय विभूति शंखधर साख्वाः बाट प्रतिपादित नेपालको आफ्नै मौलिक नेपाल संवत ११२६ को नव वर्षको दिन दमौलीमा भएको एक नेवाः भेलाले जिल्लामा छरिएका नेवारहरुलाई एकैसुत्रमा गोलबन्द भई आपसी समन्वय र सामुहिक पहल गरी नेवाः संस्कृति पहिचान र लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न संगठित रुपमा लाग्ने उद्देश्यले तनहुँ नेवाः खलः स्थापना गरिएको छ ।
तनहुँ जिल्ला र नेवाः
नेपाल अधिराज्यको चारैतिरबाट मध्यभागमा पर्ने यस जिल्ला पूर्व देशान्तर ८३ं ७५’’ —८४ं ३४ र उत्तर अक्षांश २७ं ४४’’—२८ं ०८’’ मा अवस्थित छ । यस जिल्लाको पूर्वमा गोरखा तथा चितवन, पश्चिममा स्याङ्जा, उत्तरमा कास्की तथा लमजुङ र दक्षिणमा पाल्पा, चितवन र नवलपरासी जिल्लाहरु रहेका छ भने अग्लो स्थान छिम्केश्वरीको डाँडा रहेको छ ।
तनहुँ जिल्लाको पुरानो र प्रमुख नेवाः बस्तीहरुमा बन्दीपुर, डुम्रिखर्क, नाब्रुङ, मेहलडाँडा, मैबल, महन्टेहटिया, पुर्कोट, दोरदोर, टुहुरेपसल, चौकचिसापानी, तनहुँसुर, राङरुङ, साबुङ, दभुङ,्र श्याम्घा, जामुने, छाङ, शिशाघाट, उमाचोक, क्यामिन, ऋपिङ, भीमाद, पोखरीछाप, घिरिङ, बन्केवा, ढोरभुसुनापुर, गजरकोट, भिरकोट आदि पर्दछन् । २०२६ सालमा जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौली स्थानान्तरण भएपछि र पृथ्वी राजमार्गले जिल्लाको मध्ये भागबाट चिर्दै गएपछि बसोबास भएको राजमार्ग वरपरका नेवाः बस्तीहरुमा आँबुखैरेनी, सत्रसय, विमलनगर, भन्सार, डुम्रे, दमौली, जामुने, थर्पु, मनहरी, खैरेनीटार र डुलेगौडा प्रमुख छन् । तनहुँ जिल्लामा ४७०९ नेवार घरधुरी छन् । तनहुँ जिल्लाको नेवार जनसंख्या २७,१०२ रहेको छ । जिल्लामा बसोबास गरेका नेवार थरहरुका श्रेष्ठ, प्रधान, कायस्थ, बतास, मल्ल, मूल, पिया, सुल्पे, राजभण्डारी, कर्माचार्य, बज्राचार्य, मास्के, ताम्राकार, शाक्य आदि प्रमुख छन् ।
नेवाः धर्म र संस्कृति
नेवारहरु मूख्य त हिन्दू र बौद्ध धर्म मान्दछन् । इतिहासविज्ञहरुका अनुसार सुरुमा नेवारहरु बौद्ध धर्माबलम्वी थिए । धार्मिक अनुकरणको लामो क्रममा यिनीहरुको आफ्नै नविन परम्पराको सुरुवात भएको पाइन्छ । नेवाःमा पेशागत आधारमा थर वर्गीकरण गरिएको छ । जस्तै जोशी र बज्राचार्य (पुरोहित÷पुजारी) हलुवाई (मिठाईको कारोबार) प्रधान र श्रेष्ठ (प्रशासनिक), ताम्राकार (तामाको कारोबार), शाक्य÷सुवर्णकार(सुनचाँदी कारोबार), रञ्जितकार (रंगको कारोबार), शिल्पकार (शिल्पकला) आदि ।
नेवारहरुको जन्मदेखि मरणसम्म गरिने संस्कारहरु हिन्दू धर्ममा हुने १६ संस्कारभित्रै पर्ने भए पनि आफ्नो खाले विभिन्न संस्कार पनि हुन्छन् । नेवारमा आफूभन्दा जेठोबाठोलाई हिना (ढोग) गरेर सम्मान प्रकट गरिन्छ । महिला गर्वबती हुँदा धौबजी नकेउ (दही चिउरा ख्वाउन जाने) चलन छ । नेवारमा बच्चा जन्मेपछि बच्चाको मामाघरमा तु(उखु) र पालु (अदुवा) पठाई खबर गर्ने चलन छ । बच्चा जन्मेपछि परिवार जौली मौ (बिटुलिएको) मानिन्छ । बच्चा जन्मेको पाँचौं, छौठौं वा दशौं दिनमा जौली (मचा बू ब्यंकेगु) पछि मात्रै चोखिने चलन छ । बच्चाको बोलाउने नाम फूपुले र चिनाको नाम जोशीले राख्ने चलन छ भने कतै बाहुन बोलाएर होम हालेर नामाकरण गरिन्छ । यस्तै सुत्केरीलाई बच्चा जन्मेको महिना दिन भित्रै माइतीतिरबाट मचा बू स्वःवनेगु, बजी नकाः वनेगु भनी विभिन्न खानेकुरा ख्वाउन जाने चलन छ । बालक भएको खण्डमा ६—७ महिना भएपछि र बालिका भएमा ५—७ महिना भएपछि मचा जंक्वः (अन्नप्राशन) को रुपमा गणेशलाई चढाई अन्नका साथ विभिन्न परिकारहरु बनाएर ठोस आहार ख्वाउन शुरुवात गरिन्छ । बच्चालाई सो दिन जुन जुन खानेकुरा ख्वाइन्छ, जीवन भर बच्चाले त्यहीं खानेकुरा खान पाइन्छ भन्ने आहान छ । बच्चा ६ वा ७ वर्षको पुगेपछि मामाले कैचीले कपाल काटेर र फुपुले पूजा गरि दिएको छुरीले कपाल खौरेर बसुका (टोपी दिने) चलन गरिन्छ । बालकले चिवर र धोती बस्त्र पहिरेर मन्दिरहरु चहारि प्रार्थना गरेर भिक्षा माग्दछ । कन्याको हकमा भने मासिक धर्मगुरु हुनु अगावै ईही÷बेल (विष्णु प्रतिक) संग विवाह गरिन्छ । यसरी विष्णुसंग विवाह गरेपछि बालिका विष्णु र वेल रहेस्रम्म विधवा हुँदैन भन्ने मान्यता रहि आएको छ । सो बखत बालिकालाई घर गृहस्थीबारे जानकारी गराइन्छ । यस्तै बालिकालाई मासिक धर्म हुनु अगावै १२ दिनसंग बाहिरी संसार (पुरुष) र सूर्यप्रकाश पनि नदेख्ने गरी अलगै कुना राखेर १२ औं दिनमा सूर्यको पूजा अर्चना गरी बाहिरीगरी संसारमा निकालिन्छ ।
विवाहलाई नेवारहरु दुई परिवार बिचको मिलनको रुपमा लिन्छन् । लमीले अभिभावकहरसँग कुरा मलाई दुवैको ज्योतीषिको चिना (जन्मकुण्डली)  भिडाएर मिलेपछि विवाह निधो हुन्छ । विवाहको निधो भएपछि केटाघरको तर्फबाट केटिको घरमा लम्पिचा (चादिको बट्टा) मा १०ग्वें (सुपारी), सिन्हमु (सिन्दुरबट्टा) लाखामरी र फलफुलकरु पठाई पछि पण्डितबाट तिथि हेराएर विवाह गर्ने चलन छ ।  विवाहको अघिल्लो दिन एकपाथी दुध, चाकु र  सुकमेल पठाएर केटीको आमाको दुधभारा बुझाउनु पर्दछ । केटापक्षबाट दुलही लिन जन्ती जानुभन्दा अगाडी केटी पक्षमा साइपाटा (बैनासगुन) लाने चलन छ । स्वयम्वरमा चिपन्ठिके (जुठो खुवाउने ), दुलहीलाई ब्वा,किजः व पाजु ( बुवा,दाजु वा मामा) ले ढाडमा बोकी घरबाहिर ल्याई दुलाह पक्षलाई बुझाएर विदा दीने चलन छ । यता दुलहि दुलाहाको घरमा आए पछि ढोकामा उभ्याएर पुरोहितले कुल देवता, गणेश आदिको पुजा गराई घरको साचो जिम्मा दिए पछि दुलाहादुलैले संयुक्त रुपमा ‘होकेगु’पुजा गर्दछन् । ‘होकेगु’पछि मन्दिरमा गएर पुजा गरि दुलाहाले दुलहिलाई कपालमा सिन्दुर हाल्ने गर्दछन् । यसरी नै चौथो दिनमा ख्वः स्वेउ (मुहार हेर्ने) भनी दुलहिको माईति पक्ष आएर दुलहिको अवस्था हेर्ने चलन हुन्छ । नेवारी समाजमा सुपारीको ठुलो महत्व छ । कुनै पनि शुभकार्यको निम्तो दिदाँ सुपारी दिने चलन छ । दुलहिलाई नातेदारहरु संग नाता चिनाउँदा सुपारी दिएर हिना (ढोग) गर्ने चलन छ । स्वयम्वरमा दुलाहाले दिएको सुपारी आफ्नो दुलाहाको सिरानि मुनी राखेर कतै गयो भने पारपाचुके गरेको मानिन्थ्यो र उसलाई पुन विवाह गर्न छुट हुन्थ्यो । नेवारहरुमा ७७ वर्ष ७ महिना ७ दिन ७ घडि ७ पला पुगेपछि ज्या जंको (भीमरथारोहण), १००० पुर्णीमा देखे पछि (८३ वर्ष ४ महिना ४ दिन ४ घडि र ४ पला) पुगेपछि चन्द्ररथारोहण अनि ८८ वर्ष ८ महिना ८ दिन पुगे पछि देवरथारोहण ९९ वर्ष ९ महिना ९ दिन ९घडी र ९ पला पुगे पछि दिव्यरथारोहण र १०५ वर्ष ८ महिना र ८ दिन ८ घडी  ८ पलामा महादिव्य रथारोहण गर्ने प्रचलन छ । यि सबै संस्कारबाट पार भए पछि स्व व्यक्ति भगवान सरह मानिने चलन छ ।
गुठी प्रथा र मृत्यु संस्कार ः
नेवा परिवारमा कुनै सदस्य सिकीस्त विरमी भएमा कासि बास जान सजिलो हुन्छ भनि नदि किनारमा लाने चलन थियो । मृत्यु पश्चात नेवारहरुको गुठीका सदस्यहरुलाई खबर गरि चार दिशा तर्फ चार बत्ति बालेर म्हा डिक्के गरि मृतकलाई सजायर शव यात्रा गरेर दाहा संस्कार गरेर मृतकको परिवार १३ दिन सम्म काजक्रियामा बस्ने र १ महिना, ४५ दिन, ६ महिना वा १ वर्ष सम्म चोखो बस्ने र पछि प्रत्येक वर्ष पितृ लाई पिण्ड तर्पन दिने परम्परा छ । नेवारी परम्परामा हु्ने तिन थरि गुठीका प्रकारहरु ः
१) द्योः व दिवाली गुठी ९क्यअष्ब िन्गतजष्० पुख्र्यौली कुल देवताको पुजा गर्ने अनिवार्य सदस्यता,
२) सना गुठी ९ँगलअतष्यलब िन्गतजष्० ः मर्दापर्दा शव उठाउन सबै सदस्य मलामी जाने लास गुठीयारले उठाउने व्यवस्वथा गर्ने संगठन र
३) सी गुठी ९च्भष्निष्यगक न्गतजष्० ः थकालीको नेतृत्वमा मृत्यु परान्त तयारी गर्न लास संगै गुठीयार गई दाह संस्कार गर्ने कार्य गर्दछ । जसको मुख्य एक वंशका परिवारहरुको देवता पुजा गर्ने काम गर्दछन् । जसलाई दिपु पुजगुठी भनिन्छ । कुनै पनि गुठीको जेठो मानिसलाई थकाली भनिन्छ ।
नेवा भाषा÷लिपि र कला ः
नेवाहरुको मातृभाषाको रुपमा आफ्नै मौलीक नेपाल भाषा र लिपि छ । जुन भोट……… , भाषा परिवारमा पर्दछ । सं.रा. संघको सदस्यता लिन देशको आफ्नै लिपी र संवत हुनु पर्नेमा नेपालको संघको सदस्यता लिने क्रममा देवनागरी लिपि पेश गर्दा भारत बाट विरोध भएर नेवारी लिपी र नेपाल संवत् देश भए पछि मात्र सदस्यता पाएको हो । यो लिपी करिब १२०० वर्ष अघि देखि नै प्रचलित रहेको छ । नेपाली साहित्यको ऐतिहासिक काल देखि संरक्षणमा नेपाल भाषाको महत्वपुर्ण योगदान छ । राष्ट्र संघको सदस्यता पाउन नेपाल भाषा र संवत्को प्रयोग भए पनि एकिकरण पश्चात राज्य पक्ष बाट नेवा ः भाषा र संस्कृतीको सधै उपेक्षा गरिदै आएको छ । विश्वमा एशियाको परिचय भनेर चिनिने पगोडा शैली नेवारी कला कृतीकै उत्कृष्ट नमुना हो । अन्तर राष्ट्रिय सुचिमा परेको नेपालको ७ मध्ये ६ सम्पदा नेवारी वास्तुकला भएबाट पनि नेवारी कलाको अवस्था थाहा हुन्छ । नेवा हरु शिक्षीत र सुसंस्कृत रहेको कुरा राज्यको व्यापार, उद्योग, कृषी, शिक्षा,चिकित्सा,शिक्षा र प्रशासनिक  हरेक क्षेत्रमा यिनको पहँुच उच्च स्तरमा रहे बाट पनि थाहा पाउन सकिन्छ । यस जिल्लाका नेवाहरु तुलानात्मक रुपमा मुख्यत ः व्यापार र उद्योग धन्दाको क्षेत्रमा अग्रणी छन् । देशको शैक्षीक, कृषी, राजनीतिक, चिकित्सा, कम्प्युटर, प्राविधिक, साहित्य,कला र संस्कृतिका क्षेत्रहरुमा यिनीहरुको योगदान उल्लेखनिय छ ।
चाड पर्व र जात्रा ः
नेवार गठेमंगल बाट शुरु भई सिद्धिनखः सम्म वर्ष भरि मनाइने आफ्नो विशेष चाडपर्नको कारणले नै वर्षको ३६५ दिनमा ३६६ दिन चाड मान्ने जातको रुपमा परिचित छ । नेवारहरुको मुख्य चाडहरुमा ९ दिन सम्म मनाइने गुन्हे पुन्ही पनि एक हो । यसमा पहिलो दिन क्वाटिः त्वनेउ (क्वाटी खाने) र काः चिनेउ (रक्षाबन्धन), दोस्रो दिन वर्ष भित्र वितेका दिवङ्गत  नातागोताको स्मृतिमा साँपारु (गाई जात्रा) निकालेर र अन्तमा कृष्ण अष्टमीको दिन रोपाई जात्रा मनाईन्छ । मोहनी (दशै) नेवारहरुको प्रमुख चाड हो यसमा पहिलो दिन  टपरीमा माटो, मल जल हालेर मकेै र जौ को विउ रोपेर पुजा कोठामा नौला स्वाँ (जमरा) हुर्काईन्छ । यस विचमा नौ दिन सम्म दैनिक भगवतिको मन्दिरमा दुर्गा माताको आराधाना गरि पुजा आजा गरिन्छ भने नवमि को दिन स्याकोटयाकोको दिन दुर्गा भवानीलाई खसी, कुखुरा वा राँगो बलि दिईन्छ । दशौ दिन आफु भन्दा जेठा बाठाको (मान्यजनको) हात बाठ नौला स्वा र सीन्न (टिका) थाप्ने चलन छ । यस्तै नेवारी चलन अनुसार खिचा पुजा, क्वो पुजा (काग  पुजा), म्ह पुजा, साँ पुजा(लक्ष्मी पुजा), किजःपुजा (भाई टीका) पुजा तिहारको आफ्नै महत्व छ । किजःका दिन भाईको वा वहिनीले दाईको दीर्घायुको कामना गर्दै पुजा गरिन्छ । वालाचह्रे (सदविज होल्लेउ) मा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै विभिन्न मन्दिरहरुमा गई टेवा (लावा) र विउहरु छरिन्छ । यस्तै योमरी पुन्हीका दिनमा राम्रो वाली भित्रयाउने कामनाका साथ योमरी खाने चलन छ । घय ः चाकु सोनल्हु कादिन घिउ, चाकु, खुदो खाएर र घाममा बसी तेल दलेर जिउ तताउने गरिन्छ । माघको मिला पुन्हि देखि सिह पुन्ही सम्म घर घरमा स्वस्थानी माताको ब्रत बसेर कथा बाचन गरि आफ्ना पति देव र परिवारको समृद्धिको कामना गरिन्छ । श्री पञ्चमीका दिन हिन्दु नेवाहरु सरस्वती माताको र बौद्ध मार्गीहरु मञ्जु श्री को पुजा आराधाना गर्दछन् । नेवाहरु शिवरात्री विशेष महा शिवरात्रीको रुपमा हर्षउल्लास का साथ रातभर जाग्रम बसि पुजा आजा गरि मनाउछन् । फाल्गु÷होली पुन्ही पनि नेवाहरुको ७ दिन सम्म मनाईने रमाईलो चाड हो । यस अवसरमा साथी संगीहरु बिच पानी र रंगले छ्यापेर खेल्ने गरिन्छ । स्वन्य पुन्ही (बुद्ध जयन्ती) बुद्ध भगवानको महा प्रस्थानको अवसर पारी सम्यक ज्ञान र मोक्ष प्राप्तिको कामना गर्दै मनाइने चाड हो । नेवारहरुले वर्ष भरिको चाडपर्वको अन्तिम चाड सिद्धीनखः को समयमा सिद्धी द्यः (कार्तिकेय कुमार) लाई पुज्दै मनाइन्छ र विशेष गरि चटामरी खाने चलन पनि छ । नेवाहरुको प्रचलित जात्राहरुमा विस्केट जात्रा,ईन्द्र जात्रा, लाखे नाच, भैरव नाच, बाघ जात्रा,घोडे जात्रा, रोपाई जात्रा, गठे मंगल, आदि हुन् । विस्केट जात्रा खासगरी भक्तपुर र ठीमीका नेवारहरुले मनाउने विशेष चाड हो । रातो÷सेतो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर र काठमाण्डौमा मनाइने चाड हो ।
खानपिन, गीत–संगीत र पहिरन ः
नेवाहरुको ख्यातीमा नेवारी खानाको निकै ठुलो घर भुमीका छ । हुन त नेवाहरुको चाडवाड र भोजभतेर बढी हुने कारणले नै “नेवार बिग्रयो भोजले” भन्ने चलन पनि छ । नेवाहरु छोयला कचिला मुस्ये वजी, सम्य वजी, लप्टे भ्वयँ, योमरी,चटामरी,अर्सामरी,म्याःमरी,भोटामरी,सिन्कामरी,लाखमरी,आटीमरी,चिनीमरी आदि परिकारका कारण पनि प्रख्यात छन् । नेवारी मादक पदार्थ ऐला र कः पनि निकै प्रख्यात छ । नेवारी गित संगित पनि निकै उच्च स्तरमा विकसित भएको पाईन्छ । माया प्रितीका गीतहरु देखि लिएर व्यङ्गय मिश्रित गितहरुमा पनि नेवा गितको पहुच गहिरो छ । नेवाको परम्परागत पोशाकमा दौरा, सुरुवाल र स्टकोट हुन्छ । किसान वर्गले दौरा माथी पटुका कसेर तल्लो भगमा सुरुवालको सट्टा वालगौटी मात्र लगाउदछन् । महिलाहरु हाकु पटासी (सारी) मिसालँ,मञ्जुकी,चोलो (व्लाउजहरु), जनि, पटुुकी, दुपट्टा धोती लगाउदछन् । कपाल कोर्ने धागोले बाध्ने तथा कान, घाँटी, हात आदिमा विभिन्न गहनाहरु लगाउने भए पनि नाक छेड्ने चलन भने पाईदैन ।

Tuesday, 6 December 2016

दिमागलाई तेज बनाउन मदत पुर्याउने केही जडिबुटिहरु।

 शरीरको एकदमै महत्वपूर्ण हिस्सा हो। दिमाग बिना शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कहिले कहिँ मानिसहरुको मध्यपान, धुम्रपान, नराम्रो आदत, पोषक तत्वको कमि जस्ता कुराले गर्दा स्मरण शक्ति कमजोर हुन जान्छ । त्यसकारण स्मरण शक्ति बढाउनका लागि हामीले घरेलु ७ जडिबुटीहरुका बारेमा तपाईलाइ बताउन गईरहेका छौं । तिनीहरुको सहि तरिकाले प्रयोगमा ल्याउदा दिमाग तेज हुन सक्छ ।

१. जटामंसी
यसको जरामा लट्टा परेको कपाल जस्तै तन्तु हुने भएकाले यसलाई जटामसी भनिएको हो । यो औषधिको रुपमा प्रयोग हुन्छ । यो स्मरण शक्ति बढाउनको लागि एकदमै राम्रो औषधि हो । एक चम्चा जटामसी एक कप दूध मा मिसाएर पिउदा दिमाग तेज हुन्छ ।

२.दालचीनी  
                                                                                                           दालचीनीलाई खानमा गरम मसलाको मात्र नभएर यो औषधि पनि हो । दालचिनीले दिमागलाई तेज बनाउछ । राति सुत्ने समयमा एक चिम्टी दालचिनी पाउडर लाइ मह मा मिलाएर खादा मानसिक तनाब बात मुक्त मिल्छ । अनि दिमाग तेज हुन्छ।

३. बेसार
बेसार दिमागलाई तेज बनाउने एक महत्वपुर्ण जडिबुटी हो । यो खानाको स्वाद र रंगमा प्रयोग गरिन्छ यसको नियमित प्रयोग ले भुल्ने समस्या बाट बच्न सकिन्छ ।

 ४. जाईफल
दिमागलाई तेज बनाउनको लागि जाईफल पनि अति उपयोगी जडिबुटी हो । यसको प्रयोगले भुल्ने समस्या बाट मुक्त मिल्छ।

५. तुलसी
बिशेषगरी तुलसी रुघाखोकीको अति राम्रोको रुपमा पनि प्रयोग गरिन्छ । यो धेरै जसो मानिसले चिनेजाने को जडिबुटी हो । यसको प्रयोगले मुटु र दिमागलाई राम्रो फाईदा गर्दछ ।

६. अदुवा
अदुवालाई खानामा स्‍वादका प्रयोग गरिन्छ, त्यसका सथसाथै यसलाई अनिद्रा, डिप्रेशन जस्ता रोगहरुको लागि औषधिका रुपमा प्रयोग गरिन्छ ।

७. कालो मरीच
कलोमरीचमा पेपरिन रसायन पाइने हुदा यसको प्रयोगले दिमागका कोसीकालाई आराम दिन्छ । यसको प्रयोगले डिप्रेशन तथा अन्य रोगबाट पनि मुक्ति पाउन मदत गर्दछ। दिमागलाई स्वस्थ राख्नको लागि कालोमरिच अति उपयोगी घरेलु जडिबुटी हो ।

  @@## साभार ##@@

Friday, 2 December 2016

नौ महिना कोखमा राख्दाको पीडा ।

आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।
उसकी आमाले ऊ चौध महिनाको हुँदा छोडेर हिडेकी थिई रे । अण्डकोषमा हर्निया भएर थला परेको हिडडुल गर्न नसक्ने बच्चालाई पालेर घरैमा बस्ने ईच्छा नगरेर अब कहिल्यै फर्की नआउने र अर्को बिहे गरेमा बाधक नबन्ने घरायसी कागज गरेर उसकी आमाले छोडेकी थिई रे । उसका बाबुले यस पछिका डेढ बर्ष सम्म बिरामी छोराको जेनतेज स्याहार सम्भार र उपचार गर्दै उसकी आमा फर्केर आइहाल्छे कि भनेर कुरेर बसेछन् । ऊ तिन बर्षको हुदै गर्दा वालसुलभ चरित्र अनरुप चकचक गर्ने¸ एकठाउमा बसीरहन नमान्ने¸ जताततै फोहोर गरिरहने भएकोले अफिस लिएर जान पनि समस्या हुन थाले पछि अर्को बिहे गर्ने निधो गरेछन् । यसै बिचमा अण्डकोषको हर्नियाको तिन पटक असफल शल्यक्रिया पनि गरिएछ । राम्रो स्याहार गर्ने आमाको अभावका कारण उपचार सफल हुन सकेको रहेनछ । बिरामी र नाजुक बच्चालाई स्याहार गरेर हुर्काउनु पर्ने शर्त राखेर मेरो बुवा संग कुराकानी हुँदा अनाथ र असहायको सेवा गर्न पाउनु नै मानव धर्म हो भन्ने ठानेर बुवाले उहाँसंग मेरो बिहे गरिदिने बचन दिनु भएछ । भरखर सोह्र वर्षकी एसएलसी परीक्षा दिएर बसेकी मलाई बिहे¸ घरपरिवार¸ लोग्ने आदिका बिषयमा कुनै थाहा थिएन । यतातर्फ मैले सोच्नै भ्याएकी थिइन । स्कूल जाने¸ साथीसंगीहरुसंग रमाइलो गर्ने¸ भाइबहिनीहरुसंग खेल्ने र आमालाई काममा सघाउने बाहेक अन्यत्र मेरो सोच पुगेको पनि थिएन । अचानक बुवाले बिहेको कुरा गर्नु भयो र त्यसमा पनि टुहुरो जस्तो छोराको स्याहार गर्नु पर्ने शर्त सुनाउनु भयो । त्यस दिन मलाई सारै नरमाइलो लाग्यो । भाइबहिनी र आमासंग अंगालो हालेर खुबै रोएँ । तर अर्को तर्फ टुहुरो बच्चाको स्याहार गरेर हुर्काउने कामले पुण्य लाभ हुन्छ भन्ने बुवाको बचनले मेरो मन पग्लियो र हुन्छ भनिदिएँ ।
बिहे भएर म घरमा जाँदा उसको हालत वर्णन गर्न लाएक थिएन । स्याहार नपाएर सडकमा छाडिएको बेसहारा बच्चाको भन्दा फरक थिएन । बाबुले जे जति माया गरे पनि स्याहार सुसार र खानपिनको लागि बच्चालाई आमा नै चाहिन्छ । उसको अवस्था देख्दा हृदय भित्र करुणा जागेर आयो । यो मैले जन्माएको छोरो होईन भन्ने सोच पनि मलाई आएन । मेरो स्याहार सम्भार र रेखदेखले उसको शरिरमा परिवर्तन हुदै गयो । शरीरमा मासु र तागत पनि भरिदै गयो । हृष्टपुष्ट हुदै गयो । मलाई एकछिन पनि नछोड्ने गर्न थाल्यो । मैले उसको जीवन बचाएको र कल्याण गर्न पाएकोमा मलाई अहिले पनि गर्व लाग्छ ।
ऊ अव पाँच वर्ष पुग्दै थियो । स्कूल जान थालेको थियो । स्कूलमा र घरमा सिकाएको कुरा टपक्कै टिप्थ्यो । मेरो पढाइ बिचैमा छुटे पनि उसलाई पढाउने ठूलो मान्छे बनाउने एक किसिमको भूत म मा सवार थियो । म यसैमा रमाइरहेकी थिएँ । उसलाई अण्डकोषको हर्नियाले गर्दा हिडडुल गर्न पनि नमिल्ने¸ अलिकति हिडडुल गरेपनि जोरो आउने हुन थाल्यो । फेरीएक पटक शल्यक्रिया गर्ने निधो गर्‍यौँ । अन्ततः उसको चौथो अपरेशन भयो । छोराको अपरेशन हुँदैछ भनेर उसकी आमालाई पनि खबर पठायौँ तर ऊ छोरालाई भेट्न आइन । कतै सरकारी जागीर खाएकी छे भन्ने सुनेकी थिएँ । आफु दुई जीउ की भएपनि मैले अस्पताल र घरमा उसको स्याहारमा कुनै कमी हुन दिईन । मलाई मेरो बच्चाको भन्दा पनि यसैको माया बढी लाग्यो ।
केही महिना पछि मलाई अर्को पुत्र लाभ भयो । मैले ठानेँ अव मेरा दुईभाइ छोरा भए । उसको बानी व्यहोरा पनि असल नै थियो । मलाई आफ्नै आमा ठान्थ्यो र मैले पनि कहिल्यै फरक देखिन ।
उहाँको अन्यत्रै सरुवा भएको थियो । हामीहरु घरैमा थियौँ । यसैबीच हामीहरु पनि उहाँसंगै जाने भयौँ । त्यस ठाउँमा रहँदा उसको उमेर छ वर्षको भैसकेको थियो । अव ऊ धेरै कुरा बुझ्ने भैसकेको थियो । म उसकी जन्म दिने आमा होइन भन्ने कुरा उसलाई थाहा भैसकेको थियो । तर पनि हामी आमा छोरामा मायाको कुनै कमी थिएन ।
त्यस ठाउँबाट फेरी उहाँको घर पाएक सरुवा भयो । हामी घर आयौँ । उसलाई बोर्डिङ स्कूलमा भर्ना गरियो । तेजिलो दिमाग भएकोले उसले पढाइमा राम्रो प्रगति गर्दै गयो । प्रथम श्रेणीमा एसएलसी पास गरे पछि नजिकमा प्लस टु नहुनाले उसलाई केही टाढाको शहरमा लगेर भर्ना गर्‍यौँ । ऊ प्लस टु पढ्दा सम्म उसको भाइ सात कक्षामा र बहिनी पाँच कक्षामा पुगिसकेका थिए । उसले राम्रो नम्वर ल्याएर प्लस टु पास गर्‍यो । व्याचलरको तेश्रो वर्षमा छँदा अचालक उसलाई मानसिक रोगले समातेछ । के कति कारणले उसलाई यस्तो भयो हामीलाई अहिले सम्म थाहा छैन । शरीरमा भएका सबै कपडा फालेर हिडीरहेको अवस्थामा पुलिसले छोपेर खबर गरेपछि उसलाई तुरुन्तै लखनऊ पुर्‍याएर उपचार सुरु गर्‍यौँ । छ महिनाको नियमित उपचार पछि भगवानको कृपाले उसलाई पूर्णरुपमा निको भयो । यस पटक पनि छोराको अवस्थाको बारेमा जानकारी भेट्न आउन फोन गर्‍यौँ तर उसलाई जन्म दिने आमा भेट्न सम्म आइन । त्यो वर्षको परीक्षा ड्रप गरेर अर्को वर्ष प्रथम श्रेणीमै उसले व्याचलर पनि पास गर्‍यो ।
अव डिग्री पढ्न काठमाण्डौ पठाउनु पर्ने भयो । अव त देखभेट पनि वर्ष दिनमा एक पटक हुने भो । मन आत्तिइरहन्थ्यो¸ कहिले देखुँला जस्तो भैरहन्थ्यो । तै पनि फोनमा कुरा भैरहन्थ्यो । मलाई साच्चिकै माया गर्छ भन्ने लागिरहन्थ्यो । उसले मलाई कहिल्यै पनि नराम्रो भनेन । मलाई सधै सम्मान गर्ने गर्थ्यो । मैले पनि उसलाई कहिल्यै गाली गर्नु परेन । बच्चा नै भए पनि परिपक्व मान्छेको जस्तो बानी व्यहोरा र स्वभाव थियो । उसले मसंग झगडा गरेको मलाई सम्झना छैन ।
अहिले उसले एउटा बैकमा काम गर्छ । उसलाई जन्म दिएर त्यागेर जाने आमासंगै बसेको छ ऊ अहिले । घरैबाट धुमधामसंग परम्परा अनुसार बिहे पनि गरिदियौँ । सानो छँदा मलाई छोडेर कहिल्यै नजाने कुरा गर्थ्यो । बाबु मलाई छोडेर नजानु बरु तेरो आमालाई यहीँ ल्याउनु मलाई यसमा कुनै आपत्ति हुनेछैन । तर तैले मलाई छोडेर नगएस् भन्दा ममी म तलाईलाई छोडेर कहिल्यै पनि जाने छैन । तपाईले ठूलो गुन लगाउनु भएको छ । तपाईको ऋण मैले यो जुनीमा तिर्न सक्दैन भन्थ्यो । तर ऊ यसरी किन बदलियो । मैले कान्छो छोरा र उसमा कुनै फरक देखिन । दुबैलाई बराबर ममता दिएकी छु । तर उसले मेरो ममतामा खोट किन देख्यो । उसलाई आफ्नै आमासंग जानु थियो भने पहिल्यै किन भनेन । म आफुलाई यो दिनको निम्ति तयार पार्ने थिएँ । अहिले मलाई उसले उति सारो फोन पनि गर्दैन । कहिले काही गरिहाले पनि औपचारिकतामै सिमित गर्छ । मैले उसका निम्ति जे जति गरेँ सायद कसैका आमाले गर्न सक्दैनन् होला । मैले जे गरेँ त्यसको बदला मलाई दिनु पर्छ भनेर मैले भनेकी होईन । मेरो एउटा मात्र गुनासो के छ भने ऊ किन पराइ भयो । चौध महिनाको शिशुलाई छोडेर गएकी आमालाई उसले अहिले आएर स्वीकार गर्‍यो भने तीन वर्षको रोगी बच्चोलाई आज अठ्ठाइस वर्षको एउटा सक्षम योग्य व्यक्ति बनाउन भूमिका निर्वाह गर्ने म आमालाई किन त्याग गर्‍यो । किन मेरो पवित्र र निस्वार्थ माया बुझ्न सकेन । ऊ मबाट टाढा नभैदेओस भनेर उसकी आमालाई पनि संगै राख्‍ने कोसिस गरेँ¸ हक अधिकार दिलाउने कोसिस पनि गरेँ तर सबै व्यर्थ भए । यस संसारमा जन्म दिएर बागमतीमा मिल्काउने पनि आमा छन् आफैले जन्माएका बच्चालाई विष खुवाएर मार्ने पनि छन् तर मैले अर्कैले जन्माएकोलाई पनि आफ्नै मुटुको टुक्रा सरह सम्झेँ । आज त्यहि छोराले चटक्क बिर्सिदा यो हृदय छिया छिया भएको छ । हृदयमा भक्कानो फुटेर आउँछ । म उसकी आमा जस्तो कठोर हृदय भएकी नारी भैदिएको भए सायद यो सब सहन सक्नेथिए होला । मैले आफ्नो हृदयलाई कठोर बनाउनै सकिन । मैले उसलाई बिर्सनै सकिन । आफ्नी आमासंगै गएपनि मलाई नत्यागेको भए सायद मलाई यति चोट पर्ने थिएन होला¸ मलाई यत्ति कुरामा दुख छ । मेरो हृदय रोइरहेको छ । उसको मायामा म तडपिरहन्छु । मलाई फोन गरिरहोस् कहिलेकाही मसंग पहिले पहिले झैँ मेरो काखमा टाउको राखेर सुखदुखका कुरा गरोस् मलाई सान्त्वनाका शव्दहरु दिइरहोस् मैले चाहेको यत्तिमात्र थियो । मलाई उसको कमाइ चाहिएको थिएन केवल ऊ मबाट टाढा नभैदेओस् भन्ने मेरो चाहना थियो ‍। ऊ त्यहाँ सम्म पुग्नमा मेरो पनि मेहनत¸ त्याग¸ तपस्या¸ शुभेक्षा छ भन्ने कुरा अहिले उसले कसरी बिर्सन सक्यो होला भन्ने लाग्छ । मैले तीन वर्षको उमेर देखि अहिले सम्म साथ दिएको र आज यो अवस्थामा पुर्‍याएको उसले देखेन सायद उसलाई मैले जन्म नदिएको भएरै त होला ।

लेखक:- चित्रकला विवश।

नागपन्चमी ।

दिवाशयन हानिकारक हुन्छ तर म अलिअलि लेखिटोपल्ने लेखकसाहित्यकार जस्तो भएकाले दिवास्वप्न राजशेखर र क्षेमेन्द्रका कविशिक्षाबाट ग्रहण गरेको छु, त्यो भिटामिन झैं थोरै आवश्यक छ । ब्युँझिन्छु र घडी हेर्छु त तीन बजेको छ जम्मा तीन घण्टा निदाएछु तर यो समय धेरै हो दिवाकालीन भएकाले ! उठदै आँखा मिच्दै थिएँ अन्तर·मा नागपञ्चमीको मनोहर झङकार आउन थाल्यो, यो कुन नियतिले ?
देखेका सबै सपना भुलेँ आखिर ती दिवास्वप्न नै थिए । कुन आनन्द, कुन सन्तुष्टि र कुन मनोवृत्तिको अनर्गल यात्राको परिणाम हो, मलाई नागपञ्चमीको सजीव सम्झना हुन थाल्यो । एक मन मुखसुख नधोई लेख्न थालौँ जस्तो भयो । टिनिन्न फोन आयो उठाउँछु त गोविन्दराज विनोदीजीले तयार हुनु पन्ध्रदश मिनेटबिच लिन आउँछु रे ! भएन फसाद, आमालाई डण्डा पठाउन बस स्टेशन जानुछ ! जेठालाई फोन गरेँ, ऊ असमर्थ, कान्छालाई फोन गरेँ, ऊ जसरी पनि बसस्टेशन पु¥याउन सहमत भयो । बाहिरी टिंटीं आवाज दियो हिरो होन्डाले, चढेर पुगियो कृष्णपुर केदार, अज्ञात र पूर्ण समेतको उपस्थिति राजकृष्ण कँडेलजीका घरमा । टन्न खाइयो आँप र भाउजूको समुस्कान उपहार पोकासहित आइयो घरमा रमाउँदै । अब अघि दिवाशयनपछिका सबै कुरा लुके तर ‘नागपञ्चमी’ बाँकी नै छ शीर्षक राखेँ, सारा पूर्वस्मृति सखाप ! यस अनुच्छेदपछिको शब्दयोजना जे छ, दिवास्वप्न र नागपञ्चमीको यथार्थता त्यही हुनेछ, तर बिचको व्यवधानले सटीक चित्र उत्रन गाह्रो छ ।
त्यो वसन्त पञ्चमी, ऋषि पञ्चमी र श्रीपञ्चमी वा विवाह पञ्चमी भनेजस्तै एउटा हो नागपञ्चमी । यसको धार्मिक सांस्कृतिक खैलाबैला सुन्नु, सुनाउनु छैन कसैलाई तर यस शीर्षकअनुसार कम्तीमा एक लेख त तयार हुनुपर्छ नि ! म घोरिन्छु दिवास्वप्नमा आकृति बटुल्न र चित्रमा लेखिएका नागपञ्चमी क्यानभासमा उतार्न ।
ती दिन गए, म सानो छँदा नागको चित्र बनाउँथेँ तर सत्तेसत्ते पुराणकालीन परीक्षितको कथा चित्रकला त्यागेपछि थाहा भयो । वासुकी नागको उद्दण्डता अझ पछि बोध भयो । शेषनागको महिमा आजभोलि आफै बढेको छ विष्णुहरूको कौच अन्यत्र खोज्न पर्दैन भनिदिनु । धन्वन्तरिलाई तक्षकले डस्यो । आफूले टेक्ने गरेको लौरामा प्रवेश गरेर अर्थात मृत्युको स्वरूपमा बासुकी नाग अघि सर्छ । सर्पसत्र निम्त्याउने प्रयत्नमा अनन्तनागको नाम सुन्दा नागलोकको सम्झना हुन्छ । सर्पहरू अनन्त छन त्यहाँ । पदमनागको संरचना आफैले आफैलाई के सराउनु, म साह्रै राम्रो बनाउँथे । महापदम नागको चित्र कोर्न त्यति ध्यान दिइएन किनभने ‘नाति’ को छापा छँदै थियो स्वर्गद्वारीमा । जब आउँथ्यो नागपञ्चमीको सप्ताह, खूब छापिन्थ्यो र उपयुक्त तथा उपलब्ध रङले रङग्याएर चिरिच्याँट्ट पारिन्थ्यो, खोई ती दिनहरू कहाँ गए ? रमाइला र खुसीका दिनहरू ? अर्काे एउटा नागको चर्चा हुन्थ्यो कुलीर ! तर यो नाग मैले चिन्न सकिनँ । त्यस्तै कर्कट नागको पनि चित्र बनाइएन । सजिलो र सानो ठूलो जत्रो पनि बनाउन सकिने शङखनाग हो । यी सब नागहरूको समष्टि रूप थियो अष्टनाग । छिटो, सजिलै र सहजै तयार हुने अतिप्रचलित नाग । कोही शेष, पद्मनाभ, कम्बल, शङखपाल, धार्तराष्ट्र र कालीय नाग थपेर नौ नागको अस्तित्व स्वीकार गर्दछन तर हुन यी सबै विषधर नै !
सर्पहरू रिसाहा हुन्छन, टोक्छन, डस्छन र लखेटछन भन्ने हाम्रो मानसिकता छ र व्यवहारमा त्यसो भएको पनि छ तर जीववैज्ञानिक अथवा सर्प विशेषज्ञहरू विपरीत छन । ‘सर्पहरू मानवीय प्राणवायुको संरक्षक र प्रशोधक पनि हुन’ रहून परै यस्ता कुरा तर जब ‘नाग’ यस संस्कृत शब्दको व्युत्पत्ति हेरिन्छ तब भन्न मन लाग्छ नास्ति आगः क्रोधः यस्येति नागः अर्थात जससँग रिसको दङसो पनि छैन, त्यही नाग हो रे ! को पत्याउला ? जब करेट, गोमन, विषखोप्रा (कोब्रा), धामिन जस्ता प्रचण्ड विषालु र पानीसर्प, चिचिन्डे आदि निर्विषालु वा कम विषालु सर्प देखिन्छन । पक्कै पनि सर्प साम्राज्य विशाल छ भन्ने निधो हुन्छ । मानव समाजमा गुरु, बाजे, मुखिया, काजी भनेजस्तै सम्मानजनक पद नै ‘नाग’ भएको छ । नागराज, नागेन्द्र, नागेश्वर, नागेश, नागपति जस्ता शब्दबाट पत्तो लाग्छ नागलोक थियो र त्यहाँ नागहरू रजाइँ गर्थे । नागनागिनीका कथाले संसारभरिको किंवदन्तीको लोकसाहित्य आक्रान्त छ । तीमध्ये कुनै रिसाहा हुनु अस्वाभाविक छैन । नागको छोरामा विष र बाघको छोरामा ईख छैन भने त्यो के नाग ? त्यो के बाघ ? हामीलाई प्राप्त हुने शिक्षा यही हो अलिकति नागको झैं विष पनि हुनुपर्छ । थोरै बाघको झैं ईख पनि हुनुपर्छ । यिनै दुई शब्दका, आदि अक्षर जोडेर त ‘इबी’ भन्ने तृतीय शब्दको पनि संरचना भएको छ तर सबैखाले सर्पका विद्वान भन्छन, “न जिस्क्याए सर्पले टोक्दैन किनकि यो डराउँछ, भाग्छ । यत्ति हो, यदि अन्तै कतैबाट तर्सेर, जिस्क्याइएर, रिसाएर आएको छ भने छोडदैन ।” शायद मेरो नागपञ्चमीको चित्रकला प्रसङगान्तर भयो क्यारे !
गुरुकुलमा पढदा यस्ता नाग लेखेर अरू साथीभाइहरूको कला देखेर यौटा लहड चल्यो, अरू अरू झैं म पनि गाउँगाउँमा गएर नागदेवका चित्रलिपि गाउँलेहरूका ढोकाढोकामा टाँसूँ र उनीहरूका जीवनमा नागदेव वा समस्त नागवर्गलगायत कीट-पत· आदि सबै खतराबाट मुक्ति दिलाऊँ ? नजाने यो कला ठिक थियो कि बेठिक ? बिहानैदेखि बेतोड पानी परिरहेछ ! एकजना भोम्ले उपनाम गरेको साथी बनाएको थिएँ । निकै तल पुगेपछि एउटा गाउँ भेटिन्छ । हामी गोठको गोबरले डोकामा चढेर ढोकामाथि नाग टाँस्छौँ र घरधनीले दिएको एकदुई पैसा र फलफूल यति प्रेमपूर्वक बोक्छौँ कि लाग्छ हाम्रा आर्थिक अवस्थाको सुदृढीकरण आजैदेखि श्रीगणेश भयो ! हामी यति फुर्किएका हुन्छौँ कि जमिनभन्दा एकबित्ता माथिमाथि नै हिंडिरहेका छौँ । यस्तै फुक्र्याइसँगै अर्काे घरमा के पुग्न लागेका थियौँ, यमराजको बाहनले शब्दबाण छोडदाछोडदै साथीको घुँडीखोक्रामा दाँत गाडि हालेछ । घरभेटी बाहिर निस्केर सिस्नाको जरो र तामाको पैसा घोटेर मलम लगाइदिए । नाग टाँसेर हामी बिदावादी भयौँ, आज पनि यस घटनाले आफूलाई झक्झक्याइरहेछ तर भोम्ले मेरो मित नारायण पोख्रेल कहाँ छ, यो अज्ञात नै छ ।
‘नाग किन टाँस्नुपर्छ बाजे ?’ यौटा जजमान सोध्छ । उसलाई यो सांस्कृतिक पर्व मनाउने हो भनेर मात्र पुग्दैन । त्यसैले भन्नुपर्छ, “घरमा बज्र पर्दैन, सर्प, छेपारा, आदि किराकाँटी पस्दैनन, गोजर, डाँस, माउसुली, बिच्छी र विषालु कीरा फटयाङग्राले आक्रमण गर्दैनन । अगस्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी जस्ता अत्यन्त पराक्रमी, पौराणिक र तान्त्रिक ऋषिहरू मिलेर बसेका घरमा नाग टाँसेको भए त्यस घरमा बज्र पर्न दिँदैनन ।” यो पनि उसलाई अलि कठिन पो लाग्यो कि ! गरुड सर्पका जन्मजात शत्रु हुन रे ! अगस्ति, माधव, मुचुकुन्द, कपिल र आस्तीक जस्ता गारुड व्यक्तिको सम्झना मात्र गरे पनि सर्पभय रहँदैन भन्ने कस्तो ठोकुवा नागशास्त्रविज्ञले गरेका हुन ?
आज नागका विषयमा देखिने मेरो कला हराएको छ । बनारस र वरपरका छापाखानाले कति व्यापकता ल्याइदिएका छन भने घरघरमा टाँसिने रङगीन नागहरूका अनेक चित्र सरल र सहजै उपलब्ध गराइदिएका छन । अब कसैले पनि नागको चित्र कोर्दैन । मैले आफूलाई त्यतिबेलादेखि नागचित्रमा रत्याउन सकेको भए यति बेला म चित्रकारकलाकार नकहलाइछोडने थिइनँ । मलाई दिवाशयन पछि प्राप्त ‘नागपञ्चमी’ बिम्बको उत्ताल तर· हराउन गएको र लेखको आरम्भ पाँच घण्टापछि गरे पनि विस्तार र समापन चार दिनमा गर्नुपरेकाले आफैलाई चित्त नबु‰नु स्वाभाविकै छ भने पाठकले यसबाट रमाउनु भनेको आकाशकै फल खानु सरह हो तर अब यस्ता सिङ न पुच्छरका कुरा गरेर नागमहिमा नगाई प्रतिवर्ष नागपञ्चमीको सांस्कृतिक आगमनलाई हर्षाेल्लासपूर्वक स्वागत गर्न प्रतीक्षारत हुनु उपयुक्त हुन्छ जस्तो लाग्छ ।

लेखक:- नारायण प्रशाद खनाल।

कालो शुर्य।

धेरै दिनदेखि मेरो मन:स्थिति असन्तुलित छ । यी गाउँ र सहरहरूको भविष्यसँग वर्तमानले खेलबाड गरेको देख्ता मलाई वर्तमानसँगै घृणा पैदा भएको छ । यो देशका प्रत्येक मानवीय जीवनसँग जोरी खोजिरहेको परिस्थितिले मेरो ह्दय कम्प गराइरहेछ । म भन्न अनि निश्चित गर्न सक्तिनँ धेरै दिनदेखि मलाई किन यस्तो भइरहेछ ? मेरा प्रत्येक अङ्ग–प्रत्यङ्गहरू कामेर जुरमुराउन खोज्छन केही निश्चित बाटो पहिल्याउन, सुन्दर भविष्य तयार गर्न । तर पनि स्थिति यति विकराल छ जहाँ म खुटयाउन पनि सक्तिनँ ।
आज म सबेरै बिउँझिएको छु । दैनिक कार्यतालिकाअनुसार मेरो चिया आइपुगेको छैन । चिया आइपुग्न अझै दुई घन्टा बाँकी छ । चियाका लागि मैले दुई घन्टा प्रतीक्षा गर्नु छ । मैले निश्चय गरेँ, आज बिहानको चिया म मेरो साथी जीवनकहाँ पिउँछु । यो विचार गरी म घरबाट निस्किएँ ।
जीवन मेरा धेरै पुराना साथी हुन । उनी एक सरकारी कार्यालयमा नायबसुब्बा छन । काठमाडौँको ठाउँ, एउटा सानो डेरा ! बस, राम्रै छ । उनकी श्रीमती आफैँ खाना बनाउँछिन । दुई बच्चा स–साना, स्कुलमा पठाउने बेला भइसकेको छ । जीवन अफिस जानुअघि र अफिसबाट फर्किएपछि छोराछोरीसँग भुल्ने गर्छन । किनभने उनकी श्रीमतीलाई उनले बिहान–बेलुका बच्चाबाट फुर्सद पनि त दिनु छ ! उनको पारिवारिक सुख देख्ता मलाई आहारिस लाग्छ । कति रमाइलो वातावरण छ उनको घरमा ! सबै काम विनानोकर टाकटुक सकिन्छ ।
जीवनको कोठाको ढोकामा नपुग्दै अनायास मेरो खुट्टा रोकिन्छ । भित्र दुई लोग्नेस्वास्नीबीचमा भएको गनगन सुन्न पुगेँ । मैले जीवनलाई बोलाउने हिम्मत गर्न सकिनँ र त्यहाँभन्दा अगाडि बढन पनि सकिनँ । ती दुईको कुराकानी म टडकारो सुनिरहेको छु ।
“तिमी किन कुरा बुझदिनौ बाबा ! मात्र कचकच गरिरहन्छयौ । पैसा हुनेले बोर्डिङमा पढाउन, दार्जिलिङ पठाउन र लन्डन पुर्‍याउन, मलाई केको मतलब छ ? भएको खान देऊ । घरमै पढाऊ । अर्को साल त्यो दोबाटोको प्राइमरी स्कुलमा भर्ना गरिदिउँला । मेरो प्रमोसन पनि हुन्छ र पैसाले पनि पुग्छ ।”
“हजुरले पोहोर साल पनि त त्यसै भन्नुभएको थियो ! छोरो छ वर्ष पुगिसक्यो, छोरी चार वर्ष पुगिसकी । कहिले स्कुल भर्ना गर्ने, केही निधो भएन । उहाँ रामकृष्णका छोराछोरी परारदेखि नै बोर्डिङमा पढदै छन । हजुरकै जस्तो सुब्बासाहेब दर्जा त हो नि उसको ! ”
श्रीमतीले कुरा नबुझेकीमा जीवन झर्कदै भन्छन — “तिमी कस्ती अबुझ छयौ ! तिमीलाई थाहा छ मेरो तलब कति छ ? त्यसबाट घर राम्रो गरी चल्छ कि चल्दैन ? कति महिना भइसक्यो चिया खान छाडेको । बिहान– बेलुका उसिना चामलले मात्र तिम्रो पेट भर्न सकेको छैन भने कसरी यो साल केटाकेटीलाई स्कुल पठाउनु ! भन्न सजिलो छ, स्कुल पठाउने त हो नि ! लुगा हालिदेऊ, किताब किन, तिर स्कुलको फिस । अब तिमी कुरा गछर्यौ रामकृष्णको । उसले किन नपढाउनु ! त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयको जागिरे ना० सु० । उसको दैनिक आम्दानीले उसकै तीन महिनाको तलबलाई जित्छ । त्यति मात्रै ? एक वर्ष टिक्यो भने जिन्दगीभर सुती–सुती खान पुग्छ । अब हेर न, दुई वर्षअगाडि खरदार हुँदा तीन महिना बस्न पाएको थियो । उसको स्टयान्डर नै अर्कै भयो । उसको कुरा गरेर पनि हामीलाई हुन्छ ? भो नकराऊ, भात पकाउन जाऊ । अफिस जान अबेर हुन्छ ।”

लेखक:- भरत जङम।

छंगुलागी हे जि.......


Thursday, 1 December 2016

`कस´ बाट `खस´ ।

‘कस’बाट ‘खस’
बेबिलोनको कस्साइटबाट पूर्व हिँडेका कस्साइट्सहरु अफगानिस्तानबाट दक्षिणनलागेर पहाडैपहाड अझ पूर्व उक्लेका थिए । कस्साइटबाट आएकाले कसबाट अपभ्रंश भएर खस हुन पुगे ।
काश्मिर (खस र कसमिर):-
               खस र कसहरुको मिर (अग्लो स्थान), कुमाउँ, गढवालबाट अझ पूर्व लाग्दै कर्णाली प्रदेशमा आएर बाह्रौं शताब्दीमा राज्य सञ्चालन गरेको देखिन्छ, जसको पूर्वी साँध गण्डकीसम्म थियो ।खसहरु आर्य भए पनि वैदिक आर्य भने होइनन् । न त यिनीहरू वैदिक आर्यले जस्तो वेदअनुसार वेदी (होम गर्ने स्थान) बनाएर या लिङ्ग पुजक नै थिए । लिङ्ग पूजा पनि वैदिक आर्यहरुको होइन,असुर द्रविडहरुले गर्ने लिङ्ग पूजा पछि आत्मसात् गरेका थिए ।
खसहरुको धर्म:-
             खसहरु सबै मष्ट र प्रकृतिपूजक नै थिए । मष्ट पूजा गर्न या मृतक आत्मा जगाउन धामी भएता पनि हिन्दुधर्ममा झैं कुनै जातीय विभाजन थिएन । महामानव बुद्धको सन्देश प्रचारसँगै चल्ल र पछि मल्ल भएकाहरुले बौद्धधर्मलाई अपनाउन थाले । सुर्खेतको काँक्रेबिहार त्यसैको नतिजा हो ।-लेखक विपुल सिजापति
        वि.सं. १३६० मा अल्लउदिन खिल्जिले चितोर लिएको अर्को वर्ष त्यहाँका रायठौरलाई (अहिलेका राठौर) अल्लाउदिन खिल्जिले उठिबास पारेपछि भारतका हरुवा राजा रजौटाहरुको नेपाल प्रवेश देखिन्छ । यिनलाई महाराज जसु शाहीले आफ्नो छोरी हारमता दिएर समाचवर भन्ने स्थान दाइजोमा दिए । हारमताकी छोरो देवचन्द्ररले वि.सं. १४८४ मा काठमाडौं लुटेर फर्किए पछि बाजे जसु शाहीले अछाम बुढी चर्पुकोट राज्य दिएका थिए ।
‘थकुली’बाट ‘थकाली’
         जसु शाहीका कान्छा छोरा हंसराज शाही जुम्लाबाट थाकखोला आएर बसे । उनले त्यहीका स्थानीय सँग विवाह गरे । उनलाई ठकुरीको सट्टा ‘थकुली’ भनेर बोलाइन्थ्यो । कालान्तरमा उनैका सन्तान थकाली भए ।
खसहरुमा विचलन
            जातपात र हिन्दु धर्मभारतका रजौटाहरुसँग सम्पर्क बढेपछि खस राजाहरु उनीहरूसँग विवाह सम्बन्धका लागि उत्सुक हुन थाले। तर वैदिक हिन्दु तागाधारी (जनै लगाउने) राजाहरु, अहिन्दु र तागा नलगाउने खसहरुसँग विवाह सम्बन्ध गाँस्न तयार भएनन् । यहींबाट उताको ठाकुर, राजपुत जस्तै खस राजाहरु र नातेदारहरुले आफूलाई “ठकुरी“ भन्न थाले र हिन्दुधर्म अपनाएर जनै लगाउन थाले । तर केही खसहरुले भने हिन्दू धर्म र जनै अस्वीकार गरिरहे र आज तिनै खसहरु पावइ खसका रूपमा चिनिन्छन् । हिन्दु धर्म अपनाउनाले जातपातको सूत्रपात स्वतः हुन गयो । यस कार्यमा कन्नौजबाट नेपालभित्र आएका अत्री ऋषिका चारभाइ सन्ततीहरुले अझ सहयोग गरे । तीमध्ये जेठा भाष्कर भट्ट षत्याडा बसे । यिनैका सन्तान पछि षत्याडा (खतिवडा) भएका हुन् ।तर ढाँटेको कुरा काटे पनि मिल्दैन भनेझैं खसहरुले पुर्खादेखि गरिआएको कतिपय परम्परागत प्रचलनहरु त्याग्न सकेनन् र अझसम्म त्याग्न सकिएको छैन ।जमरा, अक्षता, पर सरेको बार्ने, देवाली,मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि कार्यहरू आज पनि नेपालका जनसुकै जातले गरिआएका छन् । ती चाहे हिन्दू मतावलम्बी हुन् या बौद्ध मतावलम्बी, सबै खस हुन् । पश्चिमबाट आएर काठमाडौं जिती राज्य गर्न सुरु गरेका मल्लहरुले आफ्नो साथमा ल्याएका जोशी, राजोपाध्याय जस्ता पुरोहितहरु पनि छ डोरे जनै नै लगाउँछन् र तर खसका प्रचलन भने अझै त्याग्न सकेका छैनन् ।शाह र रक्तमिश्रण शाहहरु इस्लाम धर्म मान्नेका सन्तान नभएर मगरहरुका थकाली या राजा हुन् । यिनीहरू पनि खस नै हुन् र पछि मात्र हिन्दुमतावलम्बी भएका हुन् । हिन्दु मतावलम्बी भए पनि शाहहरुले जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि परम्परागत प्रचलनहरु अझसम्म त्याग्न सकेका छैनन् ।पृथ्वीनारायण शाहका मावली मगर थिए भने ससुराली मकवानपुरका सेन पनि मगर नै हुन् । रणबहादुर शाहले बालबिधवा ब्राम्हणीसँग विवाह गरेका थिए । यिनैका छोरा गिर्वाणयुद्धबिक्रम हुन् । कुँवरहरु पनि तीन डोरे जनै लगाउने खस नै हुन् । राजा सुरेन्द्रले जंगबहादुरलाई हपार्दै ‘तँ खस भएर हाम्रो युवराज्ञी ताक्ने’ भनेर हपारेका थिए तर त्यतिबेलाका बलशाली जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध कायम गरेरै छाडे ।राजा त्रिभुवनले पञ्जावका राजकुमारीसँग विवाह गरेका थिए । धीरशमशेरले १८५७ मा लखनउबाट मुगल कन्या जौहर बानो (जुहार बेगम) लाई ल्याएका थिए । उनै मुगलकन्या जौहर बानोबाट जुद्धशमशेर जन्मिए भने जुद्धशमशेरबाट केन्द्रशमशेर । केन्द्रशमशेर राजा वीरेन्द्रका ससुरा तथा रानी ऐश्वर्यका बुबा हुन् ।
खसहरुमा जात:-
           खसहरुमा धर्मको आधारमा नभएर कर्म, पद र स्थानको आधारमा बोलाइने चलन थियो, पछि यही नै जात हुन गयो ।
क) खसहरुले पुज्ने (मष्टोक) कार्यका आधारमा बनेका जातहरु:-
भट्ट –राजपुरोहित वा धर्माधिकारी
अधिकारी– दराको हाकिम
कार्की– राजस्व अधिकृत
भण्डारी– राजकीय कोषको प्रमुख
लेखक– लेखक
महत– ग्राम प्रमुख
रोकाया– महतको सहयोगी
ख) दर्जा, पदका आधारमा बनेका जातहरु:-
थापा– सैनिक दर्जा
खड्का– सैनिक दर्जा
राना– सैनिक दर्जा
बुढा– सैनिक दर्जा
ग) स्थानका आधारमा बनेका जातहरु:-
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ– चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
तिमिल्सैन– तिमिल्सिना वा तिम्सिना
घमिरगाउँ– घिमिरे
       खसहरुमा जातपातको सूत्रपातपूर्व खाँट्टि खसहरु मनुस्मृति (जो वास्तवमा मनुले लेखेको नभएर भृगु ऋषिले लेखेका हुन्) का आधारमा कुनै जातमा विभाजित थिएनन् । हरेक व्यक्ति आफूखुसी कर्म गर्न स्वतन्त्र थिए र आपसमा कुनै प्रकारको छुवाछुत पनि थिएन । तर राजारजौटाहरु हिन्दू मतावलम्बी हुनु, भारतका राजारजौटाहरु सँग विवाहसम्बन्ध कायम गर्नु तथा उनीहरूको प्रचलन अपनाउनु र कन्नौजबाट आएका भट्टहरुका कारण खसहरुमा बिस्तारै जातपातको सूत्रपात हुनगयो र यो सँगै छुवाछुतको प्रथा सुरु भयो । तर यहाँ पनि एकरुपता भने कायम छैन ।ब्राम्हणहरु आफै उपाध्याय, जैशी, कुमाइ आदिमा विभाजित छन् । यिनीहरुमा उच्च कुल र नीच कुल भन्ने सोच कायम छ र एकआपसमा बिहावारी चल्दैन । कसैको मृत्यु भएमा हिन्दुस्तानका हिन्दुहरु नुन बार्दैनन् तर अशौचमा नुन बार्ने कार्य खसहरुले गर्थे, जो अहिले पनि कायम छ ।शाहकालमा पाँडेहरुले नियम बनाउँदा आफूहरुलाई सिधे नुन (खानीको नुन), पालुङ्गो, मुँगको दाल आदि चल्ने अरूलाई नचल्ने नियम बनाएर अरूलाई भने लोप्पा ख्वाइदिए । राज्यको युवराज घोषित गर्नुपूर्व राजा शस्त्रशिल्पीको आरनमा गएर पूजा गर्दथे, शस्त्रशिल्पीलाई पूजा गरेर तरबार बनाउने अभिभारा दिन्थे र त्यही तरबार युवराज घोषित गर्ने दिन युवराजलाई शस्त्रशिल्पीले दिन्थे । यिनै शस्त्रशिल्पी आज कामी कहलाइएर कसरी अछुत भए ? ताज्जुब लाग्छ ।कसरी फाल्ने जात ? कुनै पनि कुराको बारेमा बुझ्न सबैभन्दा पहिले मूलमा नै पुग्नुपर्छ । मूल खुलेपछि सबैकुरा छर्लङ्ग हुन्छ । त्यसैले मूल हेर्ने हो भने माथि नै लेखिएको आधारमा हामी खस हौं र हामीमा जातपात, छुवाछुतको प्रचलन थिएन । त्यहाँ बनेको तरबार जति नियम बने, पछि बनेका हुन् । गान्धीले भारतमा तल्ला जातिका सबैलाई एकमुष्ठ गरेर हरिजन नामकरण गरे तर त्यसको कुनै उपादेयता भने निस्किएन । उल्टो, नेताहरूको लागियो राजनीति र भोट सङ्कलन गर्ने अचुक अश्त्र बन्न गयो, जुन नेपालमा पनि देख्न सकिन्छ ।त्यसैले संविधानमा लिखित रूपमा नै छुवाछुत र जातपातमाथि प्रतिबन्ध लगाइए पनि हाम्रो आजको मानसिकतालाई आधार मान्ने हो भने जातपात र छुवाछुत हट्न अझै कम्तीमा १०० वर्ष लाग्नसक्छ । अनि के १०० वर्षसम्म यही रीतिमा चल्ने ? २००७ सालपछि नाटककार बालकृष्ण शमशेरले शम लेख्न थाले । भारतका प्रख्यात कवि तथा महान् अभिनेता अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन श्रीवास्तव हुन् र जातले कायस्थ हुन् । आज हरिवंशका छोराहरु बच्चन भएका छन् र नाति(पनातीहरु पनि बच्चन नै लेख्नेछन् । कालान्तरमा उनीहरू सरनेम बच्चन नै हुनेछ ।नेपालभित्र हामी जहाँ जाऔं, पहिले अनुहार हेरिन्छ, जात खुट्याउन नसके नाक हेरिन्छ र त्यसपछि पनि केही नलागेपछि जात सोधिन्छ । र जब जात उजागर हुन्छ तब हाम्रो घृणित जातपात र छुवाछूतको मानसिकता सक्रिय हुन्छ । आज विश्व एकीकरण भइरहेको बेलामा हाम्रो मानसिकता भने अझै जातमै अड्किएको छ । त्यसैले जातपात र छुवाछुतलाई फाल्ने नै हो भने मेरो विचारमा सबैभन्दा पहिले जात फाल्नुपर्छ । जब जात नै नभएपछि कसले सोध्छ जात ? यो मेरो व्यक्तिगत विचार हो । कसैलाई व्यक्तिगत रूपमा चोट पार्ने मेरो उद्देश्य होइन । साथै, इतिहासको जानकार नभएकोले दिइएका तथ्यहरू तलमाथि पनि पर्न सक्छन्, धन्यवाद ।

विवाह पश्चात् खान नहुने खानाहरु।


तपाइँलाई थाहा छ बैबाहिक जीवनमा नियमित यौन सम्बन्धले ठूलो महत्व राख्छ । र साथै खानाको यौन जीवनमा निक्कै गहिरो प्रभाव हुन्छ । डार्क चकलेट र बदामले सेक्स ड्राइभ बढाउँछन् भने तर यस्ता खाना पनि छन् जसले यौन जीवनलाई धरापमा पारिदिन्छन् । त्यति मात्र होइन यस्ता खानाले यौन मात्र नभएर प्रजनन क्षमता समेत खत्तम बनाउन सक्छन् । यहाँ विवाहितहरुले खाननहुने १० खानाको चर्चा गरिएको   छ ।
१. तारेको भुटेको: बढी तारेको र भुटेको खाना खँदा शरीरलाई राम्रो गर्दैन । यसले तपाइँको सेक्स ड्राइभलाई कमजोर पार्छ। अझ चिल्लोको मात्रा बढी भएका यस्ता खानाले तपाइँको टेष्टोस्टेरोन हर्मोनलाई समेत रोक्छ जसले गर्दा यौन जीवनमा खासै चाख हुन छोड्ने हुन्छ ।
२. कृतिम गुलियो: खाने कुरामा कृतिम गुलियो प्रयोग गरेको छ भने पनि सके सम्म त्यस्ता खानाबाट टाढै रहनुस् । यसको सेवनले ह्याप्पी हर्मोन भनिने यौनिक हर्मोनलाई कमजोर पार्छ । कृतिम गुलियोमा हुने”aspartame” नामको पदार्थले अन्य साइड इफेक्ट समेत निमत्याउन सक्छ । यसता साइड इफेक्टमा अनिद्रा, चिडचिडापन, टाउको दुख्ने, चिन्ता लगायतका हुन सक्छन् ।
३. सोडा: कतिपय मानिसलाई सोडा विना खाना नरुच्ने हुन्छ । तर बैबाहिक जीवनमा भने यो खानु घातक छ । दैनिक रुपमा सोडा वा फ्लेवर्ड ड्रिङ्क सेवन गर्ने मान्छे यौनिक रुपमा भने कमजोर हुन्छन् । यसले तपाइँको मोटोपन बढाउन र दाँतमा समस्या पैदा गर्ने खतरा समेत हुन्छ ।
४. बजारिया दुग्ध पदार्थ: अहिले बजारमा पाइने दुग्ध पदार्थमा प्राकृतिक कुराहरु कम हुन्छन् । मिसावटका कारण यिनीहरुमा रहेका पदार्थ घातक समेत हुन्छन् । यस्ता पदार्थको सेवनले एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हार्मोन्समा कमी आउने र यौन क्षमता कमजोर हुन्छ । त्यसले शरीरमा विषाक्त पदार्थको पनि बढावा दिन्छ ।
५. चिप्स: चिप्स जस्ता प्याकेटमा पाइने खानेकुराले पनि तपाइँका शरीरको कोशिकालाई घात गर्छन् । यस्ता कुराले तपाइँको सेक्स ड्राइभ कमजोर पार्छ । खासमा आलु चिप्स अत्याधिक तापक्रममा पकाइने र प्याकेटमा राखिने हुँदा यो शरीरका लागि हानिकारक मानिन्छ । यसमा हुने खराव चिल्लो पदार्थ र उच्च तापमानमा पाकेको हुँदायो यौन जीवनका लागि सबैभन्दा घातक मानिन्छ।
६. चुइङ्गम: यदि तपाइँको नियमित चुइङ्गम सेवन गर्ने बानी छ र तपाइँ विवाहित हनुहुन्छ भने आजै देखि यो बानी छोड्नुस् । चुइङ्गमले शरीरुको पाचन पदार्थथमा घात गर्छ भने यौन जीवनमा पनि घातक प्रभाव पार्छ । स्वास गन्हाउने डरले चुइङ्गम खाने गर्नु भएको छ भने आजै देखि छोड्नुस् अन्य प्राकृतिक कुराबाट स्वास सुगन्धित पार्नुस् ।
७. कर्न फ्लेक्स: यदि तपाइँ नियमित कर्न फ्लेक्स सेवन गर्नुहुन्छ भने त्यो पनि तपाइँका लागि घातक हुन्छ । यसले तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । यसले तपाइँको रोमान्टिक जीवनमा सबैभन्दा बढी प्रभाव पार्छ । हल्का फुल्का खाना खान मन पर्छ भने पनि कर्नफ्लेक्स कम खानुस्।
८. कफी: विहानै कफि खाँदा मुड फ्रेश हुन्छ । तर दिनभरी पटक पटक कफी पिउने बानी भने घातक हुन्छ । यसले तपाइँको स्वास्थ्यमा प्रतिकुल असर पार्छ र यौन जीवन प्रभावित हुन्छ । कफीले शरीरमा स्ट्रेस हार्मोनकम गर्छ र यौनिक क्षमता कमजोर पार्छ ।
९. सोयाबिन: यदि तपाइँको नियमित खानामा सोयाबिन पर्छ भने त्यसलाई कम गर्नुस् । सोयालाई मासुको साटो प्रयोग गर्ने पनि हुन्छ । सोयामा पाइने फायटोएस्टोरेजनले पुरुषमा यौनिक क्षमता कमजोर पार्छ । यो पुरुषका लागि घातक मानिएको खाना मध्ये एक हो ।
१०. मदिरा: मदिरा पनि यौन जीवनका लागि घातक मानिएको छ । यसले शरीरलाई संवेदनहिन बनाउने र निद्रा लगाइदिने हुँदा रोमान्टिक महसुस हुने भएपनि यौनिक रुपमा भने कमजोर पारिरहेको हुन्छ । मदिरामा हुने तत्वले टेस्टोस्टेरोनमा प्रभाव पर्छ र यौन इच्छा र क्षमता कमजोर हुन्छ ।

मायालु संगका यादहरुको संगालो।








माईग्रेन तथा त्यसबाट मुक्ती पाउने उपायहरु।

ग्यास्ट्रिक बल्झिदा कस्ता रोग लाग्छन् ? यस्ता छन् बच्ने उपाय थाहा पाउनुहोस्



ग्यास्ट्रिक भनेको सामान्यतया खानपान र रहनसहन नियमित नहुँदा लाग्ने रोग हो । ग्यास्ट्रिक आफैमा ठूलो रोग होईन् । सामान्य रोग हो । तर यो बल्झिदा विभिन्न भयानक रोगहरु लाग्ने गर्छन् । जसमध्ये एक हो माइग्रेन ।
के हो माइग्रेन ?
    माइग्रेन एक प्रकारको न्यूरोलोजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो । अत्याधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिन्द्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानो कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप, र हार्मोनहरुको गड़बड़ी भएकालाई यो रोगको जोखिम धेरै छ ।सहनै नसक्ने गरि टाउको दुखेको अवश्थामा औषधिहरुको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तर यो दीर्घकालीन उपचार भने होइन । माइग्रेनलाई दीर्घकालीन रूपमा ठीक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगि छन् ।
जीवनशैली उपचार :
१) निन्द्रा पूरा गर्न कुनै कनजुस्याई नगरी कमसे कम ६ देखि ८ घण्टा नियमित गहिरो निन्द्रा सुत्ने गरौ । सुत्ने र उठने समय नियमित एउटै टायममा गर्ने गरे माईग्रेनबाट बच्न सकिन्छ । सुताईमाअनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।
२) तनाव, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लेखित समस्याहरुको यथोचित व्यावश्थापन गर्नेतिर लागौ ।
३) उत्तेजक प्रकाश, होहल्ला र खैला बैलाले पनि यो लाई बढ़ावा दिने हुँदा उक्त कुराहरु बाट बचौ।
४) प्रशस्त पानी नपिउनेहरु पनि यो समस्या को शिकार हुने गर्दछन अतः दैनिक ४ देखि साढ़े पाँच लिटर पानी पिउने बानी बसालौ ।
५) लामो समय सम्म निस्क्रिय जीवन जिउनेहरुमा यो रोग ज्यादा देखिएको छ तसर्थ हप्तामा कमसे कम ५ देखि १२ घण्टा सम्मा व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौ ।
६) तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अति चिसो खाद्य पदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानीहरु हटाएर स्वास्थ्य जीवन शैली अपनाउ ।
७) भोजनको नियमिततामा ध्यान दिऔ । भुलेर पनि समय अनुसारको भोजन नछाडौ । भोकभोकै बस्नेले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ । बोतल र बट्टाबद्ध संरक्षित खनेकुराहरू (जंक फूड) खाने बानी छ भने तुरुन्त छोड़ी दिऊ । अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन् ।
८) योग, ध्यान, प्राणायाम, जस्ता मन–प्रसमनका उपायहरु सिकेर नियमित अभ्यास गर्ने गरौ। माइग्रेन तनाव पुर्ण जीवन जिउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।
९) शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा,
माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET),
सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET),
जेकब्सन–प्रोग्रेसभ मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DRT), क्विक–रिल्याक्सेन–टेक्निक(QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौं ।
१०) चुकन्दर, काक्रो, बन्दाकोभी, गाँजर खर्बुजा जस्ता क्षारीय फलफूलका रस तथा नरिवल पानी आदि को सेवन गर्नुपर्छ । उपवासले पनि यो रोगमा फाइदा पुर्याउँछ ।
प्राकृतिक उपचार:
१) टाउकाको मालिशले माइग्रेनलाई विशेष फाइदा पुर्याउँछ । शीत गुणले युक्त जडीबुटीको बासनादार एरोमेटिक तेलले मालिस गर्दा यो रोग निवारणमा अझ राम्रो गर्छ ।
२) उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ ।
३) तौलीलाई ततोपानीमा डुबाएर दुखेको ठाउँमा मालिस गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याउँछ । कसै कसैलाई यसै प्रकारको बरफ़को मालिसले पनि फायदा पुर्याउने गरेकोछ ।
४) एक्युपञ्चर पनि माइग्रेनको उपचारक़ो महत्व पूर्ण विधि हो ।
५) माइग्रेन रोकथामका लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोलोजी, पनि प्रभावक़ारी उपचार हुन ।
६) अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन् ।
७) मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्वले युक्त खाद्यान्नले पनि माइग्रेनलाई जाती गर्न सहयोग गर्छ ।
८) शिरोधारा, शिरोवस्ती, उपयुक्त औषधीय द्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधिहरु पनी यो रोगमा लाभकारक छन् ।
९) ८–१० दान ठूलो बादामको दैनिक सेवन गर्ने गरौ । तुलसीको पातको रस महसग बिहान बिहान खाने गरौ । दूबोको रसको सेबन पनि यो रोगमा लाभकारी छ ।
१०) जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता योगिक सोधन बिधिहरू पनि यो रोगको उपचारका महत्वपूर्ण आयामहरु हुन ।

Wednesday, 30 November 2016

जन्म महिना अनुसार मानिसहरुको स्वाभाव।

बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धनसहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।
आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ। कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।
साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ। यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।
भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।
असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।
कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँगपनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।
मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
पुष : पुष महिनामा जन्मेका महिलाहरूसामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने,वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।
माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।
फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेजहुन्छन् ।
चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।

सुरक्षित घरको लागि सुझावहरु।


 भुइँचालोलाई हामी रोक्न–छेक्न सक्दैनौं। आफू सुरक्षित बनेर यसबाट जोगिन मात्र सक्छौं। सरकारले दस वर्षअघि नै भवन संहिता (बिल्डिङ कोड) लागू गरेको थियो। त्यसमा अद्यावधिक गरी उपत्यकाका सबै र बाहिरका केही नगरपालिकाले पालना गरेका पनि छन्।व्यवहारमा भने सन्तोषजनक पालना भएको छैन। भवन ऐन २०५३ को आत्माअनुसार बनेको संहितामा शहरमा बन्ने अत्याधुनिक बहुतले भवनदेखि गाउँठाँउका सामान्य घरसम्म सुरक्षित बनाउने विधि उल्लेख छ।पहिलो कोटीमा अन्तर्राष्ट्रिय स्तरको भवन राखिएको छ। नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई यो वर्गमा राख्न सकिन्छ। यस्ता भवन नेपालमा विरलै बन्ने गरेका छन्।दोस्रो दर्जामा सामूहिक बसोबास गराउने वा कार्यालय प्रयोजनका लागि बन्ने बहुतले भवन छन्। तेस्रोमा तीन तलाभन्दा बढी वा हजार वर्ग फिटभन्दा बढी क्षेत्रफलको तीन तले सम्मको घर छ। चौथोमा हजार वर्ग फिटभन्दा साना छन्।काठमाडौं लगायत सहरबजारमा केही आना जग्गा लिएर पछिल्ला दुई थरीका घर बनाउने गरिएको छ। हजार वर्गफिट भन्दा बढीको तेस्रो कोटीको घर बनाउँदा इन्जिनियरको सुपरिवेक्षण अनिवार्य छ। जत्रो आकार प्रकारको घर बनाउँदा पनि नगरपालिकामा नक्सा पास गर्नुपर्छ। मुलुकका दर्जनौं नगरोन्मुख गाउँमा पनि नक्सा पास गरेर मात्र जग हाल्न पाउने नियम छ। नक्सा पास गर्नुपर्ने नियम लगभग पालना भएको छ।काठमाडौं, ललितपुर, भक्तपुर, धरान, पोखराजस्ता नगरपालिकामा संरचनागत ढाँचा (स्ट्रक्चरल डिजाइन) नक्सासँगै पेस गर्नुपर्छ। लाखौं महानगर र उपमहानगर बासीलाई सुरक्षित बनाउन स्ट्रक्चरल डिजाइन अनिवार्य गरिएको हो।अधिकांश संख्यामा बनिरहेका मझौला र साना भवनले नगरपालिकामा दर्ता गरेर औपचारिकता पुर्यारए पनि निर्माणका क्रममा त्यसको पालना गरेको देखिँदैन।स्ट्रक्चरल डिजाइनमा जग, पिलर, बिम, ढलान, गारोदेखि झ्यालढोका सम्ममा प्रयोग गर्ने डन्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटाको मात्राबारे उल्लेख हुन्छ। घर बनाउँदा पालना गर्नुपर्ने नक्सासमेत डिजाइन गरेर नगरपालिकाबाट स्वीकृति लिइएको हुन्छ।नगरपालिकामा पेस गरेअनुसारै घर बनाउन इन्जिनियरको अनुगमन अनिवार्य हुन्छ। हामीले उत्साहसाथ ल्याएको नियम पालनाभने खुसी हुनुपर्ने खालको छैन। सहरी विकास तथा भवन निर्माण विभागले पटक–पटक गर्ने अध्ययन अनुसार नगर क्षेत्रमा बन्ने ९० प्रतिशत घरमा प्राविधिक अनुगमन हुने गरिएको छ। करोड रुपैयाँ सम्म खर्च गरिने त्यस्ता घरमा डकर्मीको सल्लाहमा घरबेटीले मनखुसी निर्णय लिने गरेको देखिन्छ। भवनसंहिता पालना गराउने कर्तव्य नगरपालिकाको पनि हो। उसले यसलाई प्राथमिकतामा राख्न सकेको छैन।इन्जिनियर राख्नुलाई घरबेटीले झन्झट र फुर्मास ठान्छन्। घर बनाउँदा प्राविधिक सल्लाह अत्यावश्यक छ भन्नेतथ्य सरकार र नगरपालिकाले घरबेटीलाई बुझाउन सकेका छैनन्। यस्ता मझौला र साना घर बनाउने व्यक्तिले वर्षौंको कमाइले एउटा घर बनाउँछन्। आफ्नो केही लाख साँवामा ब्याजमा ऋण काढेर तल्ला उठाउनेको संख्या धेरै छ। अवकाश जीवनमा पनि उनीहरू ऋण तिरिरहेका हुन्छन्।
जीवन भरिको रगत पसिना सिंचेर घर बनाउँदा किन प्राविधिक सल्लाह र सुझाव अनिवार्य छ त? लम्बाइ, चौडाइ, उचाइको अनुपात:-
 घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ। थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि गर्ल्यामगुर्लुम हुनसक्छ।विशेषगरी उपत्यकाका भित्री सहरमा आधा/एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छ। त्यो शतप्रतिशत असुरक्षित तासको घर हो। मापदण्ड अनुसार कहीँ पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न। यो नियम अनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिटचौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु धरापै हुन्छ। नगरपालिकाले यो बन्देज लगाएको भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।निकास आवश्यक भुइँचालो मात्र हैन, आगलागी, करेन्ट सट हुँदा वा अरू विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित प्रबन्ध आवश्यक छ। घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ। त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ। भर्याुङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ।ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पताल जस्ता सार्वजनिक भवनमा एउटा भर्याङले पुग्दैन। भवनको बाहिरबाट सिरान पुछार एउटा भर्यााङ राख्न मापदण्डले अनिवार्य गरेको छ। अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्यारङ राखिएको हुन्छ। सिंहदरबारमा नयाँ बनेका भवनमा यस्तो भर्या ङ देखिन्छ। तर निजी क्षेत्रका धेरैजसो कम्प्लेक्सले केही लाखको लोभगरेर बाहिरबाट भर्याभङ राखेका छैनन्।
जग सबै भन्दा महत्वपूर्ण:-
जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ तर कस्तो जग बलियो भन्ने विषय असाध्यै जटिल छ। पिलर सिस्टमको घरमा कति गहिरो जग जाने? हात्तीपाइले (पिलरको जग) कत्रो बनाउने? डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ। हचुवाको भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न।जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ। घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ। उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरू सामान भिन्न हुन्छ।                             आवासीय प्रयोजनका लागि बनाइने दुईतलेघरको जग माटोको प्रकार अनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ।पिलर सिस्टमको घरको जग हात्तीपाइले हो। डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ।
पिलर र बिम कस्तो?
पिलर गाउँघरको थामजस्तै हो। थाम सबैभन्दा बलियो हुन्छ। आधुनिक घरमा पनि यही नियम लाग्छ।हात्तीपाइलेमा अड्याएर पिलर ठडाइन्छ। मानिसको शरीरको मांसपेशीलाई हड्डीले थामेजस्तै घरको सबै बोझ पिलरले बोक्छ। त्यसैले पिलर सधैं घन्टी (नब्बे डिग्री) मा ठडिनुपर्छ। घरको मजबुतीको आधार पिलर हो। पिलरको साइज पनि घरको तलामै भर पर्छ। सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ। ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डन्डी राख्नुपर्छ। डन्डीमा कहिल्यै कञ्जुस्याइँ गर्नुहुन्न।डन्डीमा लोभ नगरे पनि बाँध्ने तरिका मिलेन भने सबै खर्च व्यर्थ हुन्छ। पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ। चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ। चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। त्यसैले चुरी बनाउने र बाँध्ने तरिका ठ्याक्कै मिल्नुपर्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन।पिलरको उचाइ आठदेखि नौ फिट हुन्छ। यसमा एकैपटकमा ढलान गर्ने चलन छ। आवासीय भवनमा सबैले यही गल्ती गरिरहेका छन्। पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नु आवश्यक छ।एकपटकमा ढलान गर्दा डन्डी नब्बे डिग्रीमा नबसेर बीचमा थोरै बांगिन सक्छ। अर्को नौ फिटमाथिबाट मसला खसाल्दा रोडामात्र पहिला हाम फाल्छ। यसले मुनिको केही फिटमा रोडाको मात्रा बालुवा–सिमेन्टभन्दा कम हुन सक्छ। पिलर कमजेार भए घर जोखिमपूर्ण हुने भएकाले एकपटकमा ५ फिट उचाइ मात्रढलान गर्न सके मजबुतीको अचुक उपचार हुन्छ।बिमले पुराना घरमा निदालको काम गर्छ। पिलरमाथि बसेर ढलान थाम्छ। बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरकपर्दैन। यसमा पनि डन्डी बाँध्ने तरिका मिलाउनुपर्छ। दुइटा पिलरको छेउछाउमा डन्डीको टुक्रा थपेर बिमलाईबलियो पार्नैपर्छ। चुरी बाँध्ने तरिका पिलरजस्तै हो।पिलर र बिममा डन्डी गाँस्दा ध्यान पुर्यायउनुपर्छ। डन्डीको मोटाइ र पिलर/बिमको लम्बाइअनुसार खप्टिने भाग(ओभरल्याप) निर्धारित हुन्छ। कम्तीमा साढे दुई फिट खप्टाउनु अनिवार्य छ। पिलर वा बिममा धेरै डन्डी हुन्छन्। ती डन्डी काट्ने बेला अलगअलग लम्बाइको बनाउनु जरुरी छ। त्यसो नगरे एकै ठाउँमा गाँस पर्छ। यस्तो गल्ती भयो भने घरमा कुनै बोझ वा धक्का पर्दा गाँसिएकै ठाउँबाट क्षति हुन्छ।ढलान अढाइ लाइनको डन्डीसिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ। ढलान सकेर भोज खाने/खुवाउने चलन बसेको छ त्यसैले होला! ढलान गाउँले घरमा तला छापेजस्तैहो। थाम, निदाल मात्र बलियो हालेर हुँदैन, दलिन पनि भरपर्दो हुनुपर्छ भन्ने हाम्रा पुर्खाले उहिल्यै जानेका थिए। दलिन हालेपछि दाउरा, बाँस,माटो वा काठ जेले पनि छाप्न सकिन्छ।आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ। सिमेन्ट, रोडा र बालुवा मिसाएकोकँक्रिटले तला छापिन्छ। ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ। डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ। बिमको नजिक र टपमा ‘डबल' जाली बुन्नुपर्छ।पिलर र बिममा कम डन्डी हाल्ने, अर्कातिर ढलानमा चाहिनेभन्दा बढी छाप्ने चलन छ। सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ। यसको ज्ञान नभएर चार लाइन सम्मको डन्डी हाल्ने गरेको देखिन्छ। यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ।पिलर र बिममा नारी जत्तिको मोटो डन्डी प्रयोग गरिने ठूला भवनमा समेत ढलानमा अढाइ र तीन लाइनको डन्डी हाले पुग्छ। आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ। ढलानको मसला हाल्ने बेला जाली भन्दा माथि हाल्नुपर्छ। जाली धेरै माथि पारेर मसला तल हाल्यो भने ढलान कच्चा हुन्छ।यस्तो गल्तीले भुइँचालो आएको बेला वा कोठामा धेरै भीड भएको बेला जालीलाई छाडेर ढलान खस्ने डर हुन्छ। ढलानको जाली फर्माभन्दा एक इन्च माथि उठाए पुग्छ। जालीले ढलानलाई बोक्ने हो, झुन्ड्याउने होइन।
कँक्रिट बनाउने विधि:-
      पिलर, बिम वा स्ल्यापमा कँक्रिटको प्रयोग गरिन्छ। पिलर, बिम र ढलानको बनोट दुरुस्त बनाएर इन्जिनियरले तोकेअनुसारकै डन्डी हाल्दैमा घर बलियो हुँदैन। कँक्रिटको प्रयोग उपयुक्त हुनुपर्छ। पिलर, बिम वा स्ल्याप ढलान गर्न आवश्यक सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कँक्रिट हो।कँक्रिट बनाउने आफ्नै विधि छ। सामान्य घरमा एम १५ कँक्रिट तयार गरे हुन्छ। त्यसमा १ बोरा सिमेन्ट बराबर २बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ।योभन्दा ठूलो निर्माणमा एम २० र पुल, बाँध निर्माण गर्दा एम २५ प्रयोग गरिन्छ। एम २० मा १ सिमेन्टबराबर २ बालुवा र ३ गिट्टी हुन्छ। धेरै बोझ थाम्नुपर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ।यतिविघ्न सामग्री जुटाइ सकेपछि पनि घोल्ने तरिकामा गल्ती भइरहेको छ। सिमेन्ट, बालुवा र गिट्टीको आयतनका आधारमा अनुपात मिलाउने चलन सर्वथा गलत छ। त्यसलाई तुरुन्त सच्याएर घनत्व अनुसार हुनुपर्छ। चारकोठे घर बनाउनेले पनि एक–एक बोरा बालुवा र गिट्टीको पनि वजन लिएर अनुपात मिलाउन सक्छन्। तर यो ज्ञान ज्यादै कमलाई छ। यी सामग्रीको मिसावट ठिक ढंगले गर्न मिक्स्चरबाट घोल्नुपर्छ।कँक्रिटका लागि आवश्यक हरेक सामग्रीको गुणस्तर मापदण्ड अनुसार हुनुपर्छ। सिमेन्टमा गुणस्तर चिह्न र सिल ख्याल गर्नुपर्छ। बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन, दानेदार चाहिन्छ। गिट्टी साह्रो ढुंगाको हुनुपर्छ। नरम, बलौटे वा रातोठिक हुँदैन। गिट्टी सानोठूलो चाहिन्छ, ४ देखि ६ लाइनको। सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ।पानीको गुणस्तर पनि ज्यादै महत्वपूर्ण हुन्छ। ढलको पानी हाल्न मिल्दैन। आइरन अधिक भएको पानी पनि कँक्रिटमा प्रयोग गर्नु हुँदैन। कँक्रिटलाई बलियो बनाउन तापक्रमको पनि उत्तिकै महत्व हुन्छ। अत्यधिक चिसो वा गर्मीमा ढलान गर्दा बलियो हुँदैन, खति मात्र हुन्छ। १० देखि ३० डिग्री तामक्रम असाध्यै राम्रो। माइनस ३ वा ४० डिग्रीभन्दा बढीमा कँक्रिटको काम गर्नु हुँदैन। धेरै गर्मीमा कँक्रिटको सबै पानी चाँडो सोसिन्छ। कम तापक्रम भयो भने चिसोले ढलान जम्न सक्दैन।
गारो:-
    ढलान सकेर डकर्मीले पिलर सिस्टमको घरमा गारो बलियो चाहिँदैन भन्ने विश्वास घर बनाइरहेकालाई दिलाएका छन्। सबै घर पिलरले बोकिहाल्छ, गारोले बारको काम मात्र गर्ने हो भन्ने जिकिर धेरैको छ।यो सरासर गलत धारणा हो। घरको बोझ पिलरले बोक्दैमा दुर्घटना नहुने हैन।गारो कमजोर भयो भने त्यसैले थिचेर जनधनको क्षति हुन्छ। पिलरसँगै गारो उठाएर ढलानले थिच्ने काम सरासर गलत हो। यसले पिलर सिस्टम बिथोल्छ।घरको स्ट्रक्चरको काम सकिएपछि मात्र गारो लगाउनुपर्छ। ढलान गरेको दुईचार दिनमै गारो लगाउन बिम, पिलर कमजोर हुन्छ।कँक्रिट जम्न २२ दिन लाग्ने भएकाले त्यति कुरेर मात्र गारो लगाउनुपर्छ। ढलान भैसके पछि गारो लगाउँदा सुरक्षित हुन्छ। यसका लागि तरिका पुर्याउनु पर्छ। गारो कुनै हालतमा ४ इन्च लगाउनु हुँदैन। ९ इन्च आवश्यक छ। गारो लगाउँदा ठाउँठाउँमा दुई लाइनको डन्डी ठाडो र तेस्रो राख्नआवश्यक छ। झ्यालको तल र माथि लिन्टन ढलान गर्नुपर्छ। त्यसैलाई लम्बाएर कोठालाई सानो खालको टाइजस्तो बनाएन भने घर झन् कमजोर भयो। तराईमा टाइको चलन चलिसकेको छ। झ्यालमुनि पनि त्यसैगरी लिन्टन कस्नु जरुरी छ।गारो र प्लास्टरको मसला गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ। गारोका लागि १ बोरा सिमेन्टबराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकि प्लास्टरमा बालुवा घटाउनुपर्छ। सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोराबालुवाको मसला बनाउनु उपयुक्त हुन्छ।यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको परामर्श अपरिहार्य छ। पिलर सिस्टममा बनेको सामान्य आकारको कँक्रिटको घरको वजन पनि सयौं टन हुन्छ। यति बोझिलो घर ढंग नपुर्यािई बनायो भने जोखिमपूर्ण हुन्छ। उपयुक्तप्रविधि र प्राविधिकबिना बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ। त्यसैले, सही विधि अपनाउन सकिन्न भने तीन तला सम्मको घर इँटाढुंगाकै भर (लोड बियरिङ सिस्टम) को बनाउन सकिन्छ। यसमा घरभरिको भार प्रत्येक इँटा वा ढुंगाले बोक्छन्।

नेपालका नेवारहरु।

-अशोकचन्द्र धुँजू श्रेष्ठ ।
नेपाल एशियाको माझमा हिमालयको काखमा विशाल चीन र भारतको बीचमा रहेको एक भूपरिवेष्ठित मुलुक हो । यो परापूर्वकालदेखि अस्तित्वमा रहेको एक प्राचीन मुलुक हो । अनेक जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीहरुले निवास गरेको र उत्तर दक्षिण, पूर्वपश्चिमका बीच प्राचीनकालदेखि आवतजावत र लेनदेन चल्दै आएकोले ‘नेपाल’ शब्दको विभिन्न अर्थ विभिन्न धार्मिक दृष्टिले आ-आफ्ना खालको व्याख्या र व्युत्पत्ति बारे अनेक मत मतान्तर देखिएका छन् । नेपाल शब्दलाई विद्वान्हरुले विशेषतः तिब्बती, नेवारी, लिम्बु, लेप्चा भाषाहरुको आधारमा अर्थ्याउँदै आएका छन् ।
नेवारी भाषामा नेपाललाई ‘नेपा’ भन्ने गरिन्छ । ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’को अर्थ ‘देश’ हुन्छ । हिमाली श्रृंखलाको मध्य भागमा रहेको देश भएकोले यो देशको नाम नेपाल भन्ने प्रचलन भएको हो भन्ने भनाई छ । ‘नेपाः’ शब्दमा ‘ल’ प्रत्यय थपिएर नेपाल हुन गएको हो । टामस यङ्गले र जार्ज ग्रियर्सकनको भनाई अनुसार नेवार र तामाङको रक्त मिश्रणबाट ‘न्यार्वा’ भन्ने जाति बनेको र त्यही न्यार्वा शब्दबाट नेवार बनेको अनि नेवारबाट नेपाल बनेको हो । ८०० वर्ष पुरानो एक रचनामा नेपालवासीलाई गिवाल (नेवार) भनिएको हो । यस अनुसार नेपालबाट नैपाल, णिवाक, निवार भई नेवार शब्द जन्मेको अर्को तर्क पनि छ ।
काठमाडौं खाल्डोमा मंगोलियाको गोबी नमूनाको ढुंगे उपकरण फेला परेबाट पाषाण युगका मंगोलहरु तिब्बत र हिमालय पार गरी नेपाल आइपुगेको र ईसाई पूर्व ३० हजार वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाडौं उपत्यकामा आवाद भएको अनुमान पुरातत्व र मानवशास्त्री जनकलाल शर्माले गर्नुभएको छ । यस अर्थले नेपालमा प्राथमिक रुपमा मंगोल मूलका विभिन्न प्रजातिहरुको सभ्यता थियो । नेवार पनि ती सभ्यतामध्ये एक मूल सभ्यता हो । यो हिन्दू आर्यहरु नेपाल प्रवेश गर्नुभन्दा धेरै पहिले हिमालय फेदमा विकसित भइसकेको थियो । पछि नेपाल खाल्डोमा लिच्छवी अनि विभिन्न समयमा अन्य हिन्दु आर्यहरु प्रवेश गरी नेवारहरुसँग घुलमिल हुँदै नेवार समाजलाई हिन्दूकरण, संस्कृतिकरण, मैथिलीकरण समेत गरेको देखिन्छ । यो खाल्डोमा बाहिरबाट आउनेले राज्य गर्यो र नयाँ संस्कृति ल्यायो । तर खाल्डो पसेपछि त्यो नेवारी सभ्यताकै अंग बन्यो ।
बाहिरबाट आउनेहरुको घुलमिलले गर्दा नेवार जाति एक जाति नभई विभिन्न जातिको एक समूह बनेको हो । गैर नेवार हेर्दाले नेवारजाति एउटै जस्तो लाग्दछ । त्यस्तै एउटै भाषा, एउटै धर्म र एउटै संस्कृति जस्तो लाग्दछ होला तर त्यस्ते होइन । हाइमनड्रफका (१९६०) का अनुसार यो भित्र २६ प्रकारका जातिहरु भित्रिएका छन् । भाषाको बोली ठाउँ अनुसार फरक देखिएको छ ।
धर्मको कुरामा नेवारहरु शैव, हिन्दू र बौद्ध आधा हुनसक्छ । त्यस्तै संस्कृति र संस्कारमा जाति अनुसार केही फरक हुन सक्छ । नेवारमा विभिन्न जातिको भाषा एउटै भए पनि जाति अनुसार धर्म र संस्कृति केही फरक हुनसक्दछ । त्यसो भएता पनि सबै जातिमा समन्वय र सहिष्णुता हुन्छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न जातिले संयुक्त रुपमा मानी आएको विभिन्न जात्राहरु । त्यस्तै नेवार समुदाय एउटा विभिन्न जातिको समूह भएकोले आ आफ्ना फरक पहिचान र संस्कृतिहरु छन् ।
नेवार एउटा सुसंस्कृत सभ्य र उन्नत समुदाय हो । चाडपर्व मनाउनेदेखि रीतिथिती र संस्कार संस्कृतिमा आफ्नै अनुसारको मौलिकता छ । तर आधुनिकता र पाश्चात्य संस्कृतिको प्रभावले कतिको जाति विशेषको आफ्नो मौलिक पहिचान र संस्कृति छोडिँदै आएको छ ।
काठमाडौं उपत्यकामा नेवारहरु धेरै भएकोले र नेवारहरु भएको ठाउँमा नेवारहरुको संस्कृतिसँग जोडिएका चाडपर्वहरु मानि आउनु स्वभाविक हो । ती चाडपर्वहरु ऋतुको भरमा मानी आएका छन् । बौयागु ख्वाः स्वय्गु, मांयागु ख्वाः स्वय्गु, देगुपूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथाः, मोहनी, स्वन्ति, म्हःपूजा, पाहाँचह्रे, योमरी पुन्ही आदि नेवारहरुको मानी आएका चाडपर्वहरु हुन् । स्थानीय जात्राहरु पनि छन् । नेवार समाजमा विभिन्न नश्ल, धर्म, संस्कृति र परम्पराहरुको संयोजन छ । यसर्थ नेवार जाति होइन, राष्ट्रियता हो भनी इतिहासकार डिल्लीरमण रेग्मी भन्नुहुन्छ ।
जातिको उद्गम सम्बन्धमा विभिन्न मानिसको विभिन्न धारणाहरु छन् । अधिकांशको भनाईमा कुल, वर्ण र काम अनुसार नै जाति निस्केको हो । तर हिन्दूहरुको भनाइमा मतभेद छन् । केही विद्वान्ले त यो सामन्ती सोच भएका राजा ब्राह्मणहरुको आविष्कार भनेका छन् । तर जन्म व्यवसायको भरमा जाति व्यवस्था नेपाल र यो प्रायदीपमा मात्र होइन, पहिले फ्रान्स, रोम र जापानमा पनि प्रचलित थियो । त्यसपछि यो व्यवस्था हाम्रोमा आएको हो । यो व्यवस्था भारतमा बाहेक प्रायः अन्य ठाउँमा चलेको देखिँदैन ।
जयस्थिति मल्लले बनाएको जातीय वर्गीकरण भन्दा पहिले दुइटा मात्र जात थिए – भारो र भाबो । शासक वर्गलाई भारो भनिन्थ्यो भने बाँकी सम्पूर्ण वर्गलाई भावो भनिन्थ्यो । त्यसबेला ज्यापुहरुलाई भावो भनिन्थ्यो । पछि जातिको वर्गीकरणपछि भावो नै ज्यापु भएको हो । त्यसमा पनि कामको आधारमा यस जाति पनि विभिन्न थरमा वर्गीकरण हुन गयो, जस्तै कि महर्जन, डंगोल, सुवाल, सिं, प्रजापति आदि । भारो शब्दको अर्थ कहीँ श्रेष्ठ भनेर पनि प्रयोग गरेको छ । नेवार जातिमा श्रेष्ठ थर अधिक चर्चित छ । श्रीयन्त्रलाई इष्टदेव मान्ने नेवार भएकाले श्री+इष्ट=श्रेष्ठ भनेको भन्ने भनाइ पनि छ ।
शारीरिक बल खर्च नगर्ने तर राज्यसत्तासँग नजिक रहेर व्यापार, उद्योग, राजनीति, प्रशासन र औषधी व्यापार आदि कार्य गर्ने नेवारहरुलाई मल्ल राजाको पालसम्म भारो भन्ने चलन छ । श्रेष्ठहरुको छ वटा जात र ६८ उपजात छन् भनी पुरातत्वविद् शंकरमान राजवंशीको भनाइ छ । मास्के, प्रधान, अमात्य, जोशी, राजभण्डारी, कर्माचार्य मूल श्रेष्ठ हुन् । नेवारजातिको यस श्रेष्ठ (स्यस्यः) समाजभित्र मंगोलियन नश्ल मात्र होइन, खस, ब्राह्मणदेखि लिएर मधेशमा बस्ने मधेशीहरु र हिमाली जातिकाका तामाङ सम्मको नश्लका अस्तित्व पनि छन् ।
जयस्थिति मल्लले यस नेवार जातिमाथि चार वर्ण छत्तिस जातको मनु महाराजको हिटलरी नीति नपकडाई दिएका भए पृथ्वीनारायण शाह पनि जातिवादी नभएका भए आजसम्म त्यही नेवार संस्कृति र राष्ट्रियता एक ढिक्को भएर बज्र झैं बलियो हुने थियो, दुर्भाग्य त्यो भएन भनी धर्मरत्न यमीले भनेको कुरा सान्दर्भिक छ ।
नेवारहरु जति पुराना छन्, त्यत्तिकै नेवारी भाषा (नेपालभाषा) पनि पुरानो छ । किराँतकालमा नेवारी भाषा जनभाषाको रुपमा प्रचलित भएको देखिन्छ । लिच्छवीकालदेखि शासक र पुरोहित वर्ग बाहिरबाट आएका र संस्कृतका पक्षपाती हुँदा लोकभाषा नेपाली भाषाले विकास गर्न पाएन । राजा जयस्थिति मल्लको शासनकालदेखि भने नेवारी भाषाले प्रश्रय पाउन थाल्यो । त्यसताका नेपालभाषा नामले देशभाषाका रुपमा नेवारी भाषाले सम्मान पाएको थियो । त्यस्तै सम्वत् नेपाल सम्वत् चलाइन्थ्यो । नेपाल सम्वत् मध्यकालीन समयमा नेपाल खाल्डोमा सीमित थिएन, भारत र चीनका शासकहरुले समेत चलाएको देखिन्छ । राजा सिंहप्रताप शाहको शासनकालमा नेपाल तिब्बत सन्धीपत्र समेत नेवारी भाषामा लेखिएको कुृराले के प्रष्ट हुन्छ भने राणाकाल अगाडि भाषागत भेदभाव महसुस गरिएको थिएन । राणाकालमा अन्य क्षेत्रमा जस्तै नेवारी भाषाप्रति दमनचक्र चल्न थाल्यो । सूर्यविक्रम ज्ञवालीको भनाइ अनुसार नेवारी भाषा पनि चिनियाँ, बर्मेली इत्यादि भाषा सहर एक मात्रिक भाषा हो ।
नेवारी भाषाका आफ्नै लिपिहरु छन् ः गोलमोल, रञ्जना, भूँजिमोल, कुमोल, क्वेँमोल, हिमोल, लितुमोल लिपि । यी लिपिमा लेखिएकालाई नेपाल लिपि भन्ने गरिएको छ । तिब्बती महायान्मा मन्त्रहरु नेवारी लिपिमा लेख्ने र गुम्बाहरुमा सजाउने काम मंगोलिया, रुस, चीन र भुटानमा समेत फैलियो । हाल यस भाषामा पनि सुगमताका लागि मुद्रणमा देवनागरी लिपिको प्रचलन हुन थाल्यो ।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भाषाभाषी जातजातिको बसोबास छ । नेपालको ७५ मध्ये ७३ जिल्लामा नेवारहरुको पनि बसोबास छ । उनीहरुले आफ्नो जातीय पहिचान झल्कने केही न केही कुरा चलनचल्तीमा राखेको देखिन्छ । जस्तै नेवारभाषा वा केही नेवार शब्दहरु, भेषभूषा, खाने परिकारहरु, चलनचल्तीको घरायसी सामानहरु, रोजगारीका सामानहरु, बाजागाजा, नाचगान, रीतिरिवाज, चाडपर्व आदि ।
नेवारको आदि भाग काठमाडौं उपत्यका हो । तर विभिन्न समयमा नेवारहरु काठमाडौं उपत्यकाबाट टाढा जाने काम भएको छ । नेपालको विभिन्न जिल्लामा मात्र होइन, नेपालबाट बाहिर जाने काम भएको छ । विशेष गरेर भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ आदि ठाउँहरुमा नेवारहरु प्रशस्त छन् । प्रवासमा भएका नेवारहरु अनेक जातका भएर पनि राजनीतिक, सामाजिक र सांस्कृतिक कारणले त्यस प्रकारका नेवारहरुले आफ्नो मौलिक जातलाई छोडेर सजिलोको रुपमा ``प्रधान´´ भनेर लेख्ने चलन गरेको छ ।
नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व आफ्नै विशेषताको छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत प्रचलित छ । संयुक्त राष्ट्रसंघमा सदस्य भएका सबै मुलुकहरुले आफ्नो लिपि राखेका छन् । नेपालको परिचयका लागि नेपालका नेवारीहरुको संस्कृति र कलाकारिताको मौलिक लिपिमा रञ्जना लिपि उल्लेख भएको छ । यो सबै राष्ट्रको गौरवको विषय हो । यसर्थ नेवार कला, संस्कृति, भाषा, साहित्य र सम्पदा नेवारहरुलाई एक ढिक्का बनाई राख्नु जरुरी छ ।  तर राज्यको तर्फबाट सयौं वर्षदेखि नेवारी समुदायप्रति नराम्रो नजरले हेर्ने जुन काम भएको छ, त्यो नेवार समुदायले गहिरो चोट पाएको अनुभव लिएको छ । अनि नेवार जातिमा छुवाछुत, पानी चल्ने, नचल्ने नियमहरु जुन कायम भएका छन्, त्यो आप्रवासी हिन्दु आर्यहरुको मनुस्मृति नियमका कारण भएको हुनाले त्यसलाई हटाउनु जरुरी छ, किनकि त्यो अति दुःखद पक्ष हो ।