आफ्नो जातमा गर्व गर्नको निम्ति आफुमा जातिय भाषा, रहनसहन, संस्कृती, भेष-भुषा, सम्प्रदाय, धर्म, पेशा ईत्यादी हुनु अत्यान्त आवश्यक छ ।
Sunday, 27 September 2020
अंग्रेजीमा टाइप गर्दा काम लाग्ने Key Short-cuts हरू ।
Sunday, 6 September 2020
जनै खटिरा भनेको के हो ? यसका लक्षणहरु र उपचार, बिधि सहित
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् ।
जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । प्राय:गरी यो रोग त्यस्ता व्यक्तिलाई हुन्छ, जसलाई पहिला ठेउँला (चिकेनपोक्स) भएको वा चिकेनपोक्सको एक्सपोजर भएको होस् । त्यस्ता व्यक्तिलाई हर्पसजोस्टर हुने संभावना प्रबल हुन्छ । कारण के भने भेरीसेला जोस्ट नामक भाईरस शरीरमा एक पटक प्रवेश गरिसके पछि चिकेनपोक्स ठीक भइसकेपश्चात् पनि यो भाइरस नर्वस सिस्टम जान्छ र जीवनपर्यन्त सुषुप्त अवस्थामा शरीरभित्रै रहिरहन्छ । आफ्नो अनुकूल परिस्थतिमा वा शरीरको प्रतिरोधक क्षमता कम भएमा यो पुन: देखापर्ने गर्दछ ।
मधुमेह, मुटुको रोगी, एड्स रोगी, किड्नीको रोगी र क्यान्सरलगायतका पुराना रोगीहरुमा उनीहरुको आन्तरिक शारीरिक क्षमता कमजोर हुन्छ । यसबाहेक लामो समयसम्म उपचारको क्रममा स्टेराएड्स जस्तै-प्रेडनिसोन औषधिको सेवन गर्नेमा पनि हर्पसजोस्टर हुने खतरा बढी रहन्छ ।
# कारण :
यो रोग किन हुन्छ यसको कारण स्पष्ट त छैन, तर चिकित्साविद्हरु (छालारोग विशेषशज्ञ)को भनाइअनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ । जसले गर्दा शरीर कमजोर हुन जान्छ । त्यसबेला यसको भाईरस नर्वस पथ-वे अर्थात् स्नायुमार्गको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । सामान्यतया यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढिरहन्छ । यसबाहेक अन्य कारणहरुमा
– रोग प्रतिरोधात्मक क्षमता कम हुनु
– शारीरिक तथा मानसिक तनाव बढी हुनु
– निन्द्राको अभाव आदीलाई लिन सकिन्छ
# लक्षण :
दाना निस्किनुभन्दा अगाडि प्रभावित पाटामा दर्द हुनु यस रोगको प्रमुख लक्षण हो । दर्द भएको केही दिनपश्चात् त्यस ठाउँमा रातो–रातो डाबर आउन सुरु हुन्छ । सुरुमा छालामा मसिनो डाबर आउनु । पछि खटिराको रुपमा विकास हुनु । खटिरा घाउको रुपमा परिणत हुनु । सो घाउ वरिपरिको क्षेत्रको छाला अति नै संवेदनशील हुनु र छुँदा पनि साह्रै दुख्नु । ज्वरो आउनु । खटिरा आउने ठाऊँमा धेरै दुख्ने । चिलाउनु, पोलेकोजस्तो अनुभव हुनु । झस्का हानेको जस्तो दुख्ने । पानीका स-साना फोका आउने । शरीरको कुनै पाटोमा खटिरा आउने । हात, पाखुरा, छाती, पेट, पिठ्युँ, खुट्टा वा कुनै पनि ठाँउमा आउन सक्छ । तर, अधिकांश रुपमा डाबरहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छ । यसको अलावा कसै-कसैलाई ज्वरो आउनुकोसाथै शरीरका जोर्नीहरु दुख्नु, टाउको दुख्नु, बढी लाईट सहन न हुनु, थकान महसुस हुनु आदि जस्ता शिकायतहरु पनि देखिन्छ ।
# जोखिम :
समयमा नै जनैखटिराको औषधोपचार गरिएन भने यसरोबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने । बिरामीको मुख बांगो हुने । ब्रेन हेमरेज भई बिरामीको मृत्यु पनि हुन सक्छ ।
# ऊपचार :
हर्पसजोस्टरको बारेमा गाउँघरमा एकप्रकारको अन्धविश्वास वा भ्रम रहेको देखिन्छ । के भने, जनैखटिरा भएपछि यो रोग निको हुँदैन । ब्यक्तिको मृत्यु हुन्छ । जुन एकदमै गलत कुरा हो । जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामा ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म यसले दु:ख दिइरहन्छ । यसकारण बेलामै संबन्धित (छालारोग विशेषज्ञ)लाई कन्सलट गरी यस रोगको उपचार गराउनु पर्दछ ।
# होमियोप्याथिक उपचार : होमियोप्याथिक चिकित्सामा रोगीको शारीरिक एवं मानसिक अवस्थालाई ध्यानमा राखेर ऊपचार गर्ने गरिन्छ । हर्पसजोस्टर (जनै खटिरा)को उपचारमा रोगीको लक्षणअनुसार प्रयोग हुने केही होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । जसको प्रयोग आफ्नो नजिक कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ ।
# औषधिहरु :
(१) रेनन्क्युलस (२) रसटक्स (३) टरेन्टुलाक्युबेन्स (४) मेजेरियम (५) आर्सेनिकएल्ब (६) सिकोटा विरोसा (७) थुजा (८) आईरिस भर्स (९) डल्कामारा (१०) केन्थरिस (११) परुनस स्पाईनोसा (१२) सोरिनम आदी ।
# सल्लाह :
संक्रमण अवस्थामा भएको रोगीको ऊचित हेरविचार र सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका साथै बिरामीको लुगा, बेडसिट, तौलिया, रुमाल, काँइयो आदिलाई तातोपानीले धोएर जीवाणुरहीत बनाउने । डाबर चिल्लाएको अवस्थामा नङले वा कुनै प्वाईन्टेट वस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको छ भने सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुमसुम्याने गर्नाले पनि चिलाउनमा राहत मिल्छ । आवश्यकता अनुसार पर्याप्त मात्रामा निदाउनु पर्छ । चर्को घाममा लामो समय बस्नु हुँदैन । शारीरिक एवं मानसिक तनाव सकभर कम गर्नु पर्छ ।
# खानपान :
यस रोगको उपचारको क्रममा बिरामीले आफ्नो खानपानमा समेत ध्यान दिनुपर्छ । उचित खानपानले पनि रोगलाई निको पार्नमा मद्दत गर्दछ । यस रोगबाट पीडित बिरामीले आफ्नो खानामा माछा, मासु, गेडागुडी, दूध, चिज, मुंगको दाल, लसुन, हरियो सागपात समावेश गर्नु पर्छ । बदाम, पेश्ता, काजू, ओख्खर, चक्लेट, मिठाई, जौ, गहुँबाट बनेका परिकार भटमास आदि जस्ता खाद्य पदार्थहरुको सेवनले भाईरसलाई वृद्धि गर्ने हुँदा यसलाई नखानु नै वेश हुन्छ ।
*******पुर्वेली न्युजबाट साभार******
Friday, 28 August 2020
#दुई_चीज
जानकारहरु यसकारण बेथुको साग मनपराउछन
तपाँई हामीले खेतबारीमा देखिराखेको बेथुको साथ तपाईंको भान्सासम्म कत्तिको आईपुग्ने गरेको छ ? अथवा तपाँईले भान्सामा बेथुको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी छैन भने खाने गर्नुस । किनकी यो स्वादका लागि मात्र होइन स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।
बेथु दुई रंगकोका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको । यसको प्रयोगले बिभिन्न रोबाट मुक्ति मिल्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथुको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथुको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपछ, मृगौलाको पत्थरी भएका बिरामीका लागि यो अमृत नै मानिन्छ ।
बेथुको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथुले शरीरमा फलामको कमी हुन दिदैन । यसले आमाशयलाई बलियो बनाउँछ । बेथुमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । यसले कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्याँस, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति दिलाउँछ ।
भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार आउने, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथुको साग लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ। बेथुको तरकारी नियमित सेवन गरेमा वाथ यूरिक एसिड, रक्त र त्वचा बिकार टाढा हुन्छ।
बेथुको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएका सबै प्रकारका बिषहरुको निवारण गर्नु हो । यसकारण यसलाई बिषानिदान नाम दिइएको छ । बेथुमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ। यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथुका पञ्चाङ्ग अर्थात पाँच अंग (जरा, डाँठ, पात, फल र फूल) लाई प्रयोग गरिन्छ ।
बेथुको साग खानुका फाइदाहरु
जहिलेसम्म बेथुको सब्जी पाईन्छ, खाने गर्नुहोस । बेथुलाई पानीमा उमालेर पिउनुहोस। यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।
दुई चम्चा बेथुको दाना एक गिलास पानीमा उमाल्नुहोस । पानी आधा सुकेपछि छानेर पिउनाले रोकिएको महिनावारी खुल्छ ।
एक गिलास काँचो बेथुको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस, पथ्थरी गालेर झार्छ ।
आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथुको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा ३ र ६ फैटी एसिड स्तन क्यान्सररोधक हुन्छ ।
बेथुको १० ग्राम दानालाई करिव दुई मिलिलीटर पानीमा उमाल्नुहोस। ५० मिलिलिटर रहुञ्जेल उमालेपछि ताततातै पिउँनुहोस । यसरी एक महिनासम्म बिहान–बेलुका पिउनुहोस, जोर्नी दुखाईबाट तपाईलाई राहत दिलाउँछ ।
बेथुलाई उमालेर निचोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस । दुईकप बेथुको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस। जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस। त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस । लामो समय लगाइराख्ने गर्नुभएमा छालाका दाग, दाद, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।
ऐमरैन्थ अर्थात बेथुको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ, जसले दुखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ ।
डण्डिफोरमा बेथुका पातहरुको पेष्ट बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।
प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ। बेथुमा लगभग १५ प्रतिशत प्रोटिन हुन्छ जसले तौल घटाउन मद्दत गर्छ ।
पिसाबमा रगत आउने समस्यामा पनि यो उपयोगी मानिन्छ। बेथुको पात पिसेर मिश्री मिलाएर सर्वत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।
अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।
औषधिका रुपमा बेथुको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पातहरु र बिउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथुको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा सुप (झोल)का रुपमा गर्नुपर्छ ।
पिसाबमा हुने जलन रोक्नका लागि बेथुको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।
बेथुको सागमा हुने भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
यदि तपाईको कपाल समय नपुगेरै युवाअवस्थामै फुल्ने समस्या छ भने बेथुको सागले समाधान गर्नसक्छ। यो कपाल सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो। बेथुलाई आफ्नो आहार (खाना) मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
Monday, 17 August 2020
3G Cutting प्रविधि: के हो र कसरी गर्ने?
3G Cutting प्रविधि:
के हो त 3G CUTTING प्रविधि ?
3G CUTTING नै किन?
कुन-कुन बालीमा गर्न सकिन्छ त 3G CUTTING?
कसरी गर्ने?
3G CUTTING गर्दा हुने फाइदाहरु के-के हुन त ?
- सानो क्षेत्रफलबाट पनि धेरै उत्पादन लिन सकिन्छ|
- पोथी फूलको संख्या बढाउन तथा फल झर्ने समस्याबाट बचाउन सकिन्छ|
- उही क्षेत्रफलमा लगाइएको जमिनबाट 5 देखि 10 गुणासम्म उत्पादनमा वृद्धि गर्न सकिन्छ|
- विशेष हेरचाह का साथै समयसमयमा काँटछाँट गरिने भएकाले बिरुवाले प्रशस्त मात्रामा प्रकाश पाइ एउटै बिरुवाबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ तर यो प्रविधिको अपनाउँदा सामान्य अवस्थाभन्दा केही समय ढिलागरी उत्पादन दिन सुरु हुनसक्दछ|