१. पुतलि आसन (BUTTERFLY POSE)
पलेटी कसेर सिधा बस्नुहोस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनाङ्ग नजिक ल्याउने अधिकतम प्रयास गगर्नुहोस् । खुट्टाका औंलाहरुलाई एक अर्कामा दह्रोसँग टाँस्नुहोस्, गहिरो सास लिनुहोस् , तिघ्रालाई पुतलिको पखेटा जसरी फर्फराउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, चाक लगायत कम्मर मुनिका भाग बलिया हुन्छन् । यसको सकरात्मक प्रभाब यौन जिवनमा पर्दछ ।
२. हनुमान आसन (100° SPLIT POSE)
भुइँमा बसेर खुट्टालाई ८०° मा फार्नुहोस् । अगाडि पट्टि तन्किएर समुन्ने रहेको खुट्टाको कुर्कुच्चा सम्म हात पुपुर्याउनुहोस् र ३० सेकेन्ड सम्म यत्तिकै रहनुहोस् । यसले चाक र कम्मर मुनिको भागमा रक्त सञ्चार तिब्र हुन्छ । सो क्षेत्रका मांसपेसिमा भएका तनावहरु हटाउँछ । यो आसनले तपाईंको यौन स्वास्थ्यलाई फाईदा पुर्याउँछ ।
३. पर्वतारोही आसन (MOUNTAIN CLIMBER POSE)
यो आसन गर्न सजिलो छ । भुइँ तिर फर्किएर झुक्नुहोस् र दाहिने खुट्टा, दुईवटा हात टेकेर तन्कनुहोस् । आफुलाई हिमाल चढ्न लागेको पर्वतारोहिको आसनमा पुर्याउन खोज्नुहोस् । अब देब्रे खुट्टाको साहाराले आफुलाई अघिकै आसनमा उभ्याउनुहोस् । यसो गर्दा पर्वतारोहिले गर्ने जस्तै हाउभाउ गर्नुहोस् । यश क्रममा गहिरो सास लिनुहोस् । यसो गर्नाले समग्र शरिरमा रक्तसञ्चार तिब्र हुन्छ । तिघ्राका भित्री मांसपेसी बलिया हुन्छन् । यश आसनले तपाईंको यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पर्दछ ।
४. भुजङ्गासन (COBRA POSE)
भुइँमा सुत्नुहोस् । हातका पञ्जा र तिघ्राको भरमा टाउकोलाई माथी उठाउनुहोस् । गोमन सर्पले फाणा उठाएको जस्तै गरि आफ्नो टाउको उठाउनुहोस् । सक्नुहुन्छ भने टाउको पछाडी पट्टि लैजानुहोस् र खुट्टा पछाडिबाट उठाएर टाउको छुवाउनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर सम्म सास भित्रै रोक्नुहोस् । यहि आसनमा ३० सेकेन्ड रहने कोसिस गर्नुहोस् । यसो गर्नाले तपाईंको ढाड, कम्मर, भुजाका जोर्नी आदि बलिया हुन्छन् । यस आसनले तपाईंको यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पर्दछ।
५. कर्णपिडासन (INVERTED PLOUGH)
यो आसन गर्दा शरिरलाई हलोको आकरमा लैजान खोज्नु पर्छ । यसका लागि भुइँमा उत्तानो फर्किएर सुत्नुहोस् । दुबै हात माथी पट्टि तन्काउनुहोस् । दुबै खुट्टा सिधा पार्नुहोस् र उचालेर बिस्तारै पछाडी लागि भुइँ छुनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर रोक्नुहोस् । यसले शरिरका सम्पुर्ण मांसपेशिलाई तन्काउँछ । यस आसनले समग्र यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नुका साथै बाँझो पन भएका महिलाका लगि पनि कतिपय अवस्थामा उल्लेख्य सकरात्मक प्रभाव पार्दछ ।
नोट :- हिन्दी लेखलाई उल्था गरिएको ।
No comments:
Post a Comment