१) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा पनि फाइदा हुन्छ ।
२) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु उसलाई साथी बनाएर ।
३) शहर र गाउँमा दुई फरक छन :-
(क) शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
(ख) शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन, गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
४) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
५) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
६) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यहि सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
७) कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन । यो यौटा कला हो ।
८) मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग ``समून्द्र कहाँ पर्छ?´´ भनी सोधेको छैन ।
९) नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब पौडिन आउदछैन। परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ, जब हामीलाई परिस्थिति संग जुध्न आउदैन ।
१०) परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
११) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन । किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन l
१२) जिवनमा जतिनै दु:ख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनहरुबाट आँशुका थोपा बग्नु पर्छ..।
१३) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
१४) तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”
१५) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
१६) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
१७) जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
१८) मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
१९) कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै स्वाद पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।
२०) मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
२१) असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
२२) बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
२३) सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
२४) हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइँले टोक्छ ।
२५) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
२६) सबैभन्दा सस्तो औषधि हाँसो हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
२७) सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
२८) अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
२९) एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।
३०) जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।
३१) चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
३२) हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
३३) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
३४) हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
३५) हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
३६) हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
३७) हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ
३८) `` खिचडी ´´ एउटा यस्तो खाना हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!
३९) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी-सङ्गिले भरिएको बगैंचा सुन्दर देखिन्छ।
४०) सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
४१) तपाईका महत्वकांक्षा माथि प्रहार गर्ने मान्छे देखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
४२) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
४३) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौं ।
४४) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
४५) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
४६) असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
४७) कामलाई भोलीको बाहानामा पन्छाउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।
४८) सफलता त्यो जमिन मुनीको पानी हो, जुन सय ठाँउमा एक मिटर खने पनि भेटिन्न तर एक ठाँउमा सय मिटर खन्नाले अवश्य भेटिन्छ।
४९) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।
५०) तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।
५१) जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।
५२) प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ ।
५३) उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।
५४) प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।
५५) आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।
५६) असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
५७) धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग-सिस्नु नै चौरासी व्यञ्जन लाग्छ, झुपडी नै महल ।
५८) गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।
५९) हामीले मन्दिरमा पैसा चढाउदैमा कचौरासी धर्म हुँदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।
६०) विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोँच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।
६१) जसले आफ्नो आत्मालाई ढाँट्छ, उसले संसारलाई ढाँट्न रत्तीभर पनि डर मान्दैन ।
६२) निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोँचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
६३) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलता पछि सफलता मिल्छ।
६४) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
६५) सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
६६) यहाँ न असल छ न त खराब नै । असल-खराब त हाम्रो सोँचाइको उपज हो ।
६७) एउटा रित्तो भाडोले नै असाध्यै धेरै आवाज निकाल्छ ।
६८) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
६९) सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
७०) यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
७१) हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
७२) हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर हौं, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
७३) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७४) इतिहास सँधै विजेताहरूबाट विजेताहरुकै गुणगान गाएर लेखिएको हुन्छ ।
७५) एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
७६) मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ, डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको साथ साथै अघी बढ्दछ ।
७७) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
७८) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
७९) शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८०) मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
८१) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
८२) विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
८३) मानव मनको सबै भन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
८४) हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
८५) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
८६) अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
८७) हामी त्यही बन्छौं जुन कुरा लगातार गरि रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
८८) आशा जागा अवस्थाको सपना हो ।
८९) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
९०) हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
९१) म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
९२) जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम सुरुप तिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबै भन्दा मीठो बनाउने सबै चिजबिज हामी सँगै छन । हामीले आफ्नो कपमा चम्चाले चलाउन भुलेका हौं, कप मष्तिस्कको प्रतीक हो।
९३) हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिए पछि त्यसको मुल्य बढाईदिन्छ।
९४) कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।
९५) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
९६) हामी त्यही बन्छौं जुन कुरा लगातार गरि रहन्छौं । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
९७) मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
९८) यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
९९) तिम्रो सफलताको बाधक :-
* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
* तिम्रो सफलताको बाधक विद्यालयीय शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोंचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।
तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चन सक्ने कुनै दोश्रो शक्ति छैन ।
१००) म कसो नबनुँला ?
– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …
सफलताका दश शुत्रहरु
(अ) आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् ।
(आ) डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजै देखी टाढा राख्नुहोस् ।
(इ) धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
(ई) धेरै सोंचेर र योजना मात्र गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
(उ) सधै खुल्ला सोंच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
(ऊ) सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको त्याग/परित्याग हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनु पर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
(ए) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
(ऐ) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
(ओ) मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
(औ) सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।
साभार