Saturday, 8 December 2018

१३०० बर्ष नेपालमा शासन गरेका इमान्दार र साहसी मानिने राई जातिको बारेमा केहि जानौ !

राई नेपालको एक जनजाति हो। यो मंगोलियन प्रजातिमा पर्दछ जो नेपालको पूर्वी पहाड्को आदिबासि हुन्, तर अहिले पूर्वी तराई लगायत काठमाडौं उपत्यका , दार्जिलिङ सिक्किम्, भुटान अनि पूर्वी भारत तिर पनि प्रसस्त यो जातिको बसोबास् भएको पाइन्छ। यस जातिमा अनेक थर-उपथर हुन्छ। जस्तै – प्रमुख खालिङ साङपाङ,नाछिरिङ्(बाङ्देल्,सोताङ राखाली पाराली आदी लगायत सबै नाछिरिङ हुन जस्को १२९ पाछ रकेको छ्) , चाम्लिङ, हाङ्खिम, यामदाङ, पुमा, इसारा, ओक्छाली, बुखिम, सिवाङ, निवाङ, लोहोरुङ्, बान्तवा, कुलुङ्, थुलुङ्, दुमि, देवास, सोताङ, आदि राईका थरहरू हुन् ।
    राई प्राचीन नेपाली भाषामा राजाहरूलाई बुझाउने कर्णाली प्रदेशको सम्मानबोधक शब्द, यो नेपालको धेरै पुरानो एक किराँती जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ र सुम्निमा भनिन्छ। यो जातिले नेपलमा करिब १३०० बर्ष राज गरेका थिए। पहिलो किराँती राजा यलम्बर हो। यो राई शब्द प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने पनि उल्लेख छ।
खासगरी राईहरूको मूलथलो पूर्वी पहाडको वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भएको बताइन्छ। अर्थात इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ जिल्ला र धनकुटा यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै राईहरू सुनसरी, मोरङ्ग, झापा, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
पहाडी क्षेत्रमा राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।
राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। बान्तवा थरका राईमा रक्सी, बोकाको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिक मनिसहरू इमानदार र शाहसि पनि मनिनछन्। राई जाती भित्र करिब ३६ भाषा छन् र यि सबै भषा बोलचालमा प्रयोग भएको पाइन्छ।
राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपहरिया राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।
राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। मायाप्रेमकै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । राईहरू भूतप्रेतमा विश्वास गर्छन्। राई जातिमा ‘सिये’ भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई राई भाषामा ‘टाङ ची’ भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर ‘नागी’ भन्ने पूजा समेत गर्दछन्।



विकिपेडियाबाट साभार गरिएको

Sunday, 15 April 2018

प्रेरक भनाईहरु, ``सुन्दा/पढ्दा आनन्द लाग्ने, मजा आउने, बुझिने तर ब्याबहारमा लागू गर्न साह्रै कठिन हुने´´




१) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा पनि फाइदा हुन्छ ।
२) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु उसलाई साथी बनाएर ।
३) शहर र गाउँमा दुई फरक छन :-
(क) शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
(ख) शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन, गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
४) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
५) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
६) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यहि सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
७) कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन । यो यौटा कला हो ।
८) मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग ``समून्द्र कहाँ पर्छ?´´ भनी सोधेको छैन ।
९) नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब पौडिन आउदछैन। परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ, जब हामीलाई परिस्थिति संग जुध्न आउदैन ।
१०) परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
११) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन । किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन l
१२) जिवनमा जतिनै दु:ख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनहरुबाट आँशुका थोपा बग्नु पर्छ..।
१३) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।
१४) तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”
१५) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।
१६) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।
१७) जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
१८) मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
१९) कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै स्वाद पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।
२०) मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
२१) असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
२२) बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
२३) सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
२४) हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइँले टोक्छ ।
२५) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
२६) सबैभन्दा सस्तो औषधि हाँसो हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
२७) सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
२८) अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
२९) एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।
३०) जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।
३१) चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
३२) हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
३३) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
३४) हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
३५) हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
३६) हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।
३७) हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ
३८) `` खिचडी ´´ एउटा यस्तो खाना हो, जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!
३९) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी-सङ्गिले भरिएको बगैंचा सुन्दर देखिन्छ।
४०) सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
४१) तपाईका महत्वकांक्षा माथि प्रहार गर्ने मान्छे देखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
४२) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
४३) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौं ।
४४) हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
४५) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
४६) असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
४७) कामलाई भोलीको बाहानामा पन्छाउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।
४८) सफलता त्यो जमिन मुनीको पानी हो, जुन सय ठाँउमा एक मिटर खने पनि भेटिन्न तर एक ठाँउमा सय मिटर खन्नाले अवश्य भेटिन्छ।
४९) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।
५०) तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।
५१) जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।
५२) प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ ।
५३) उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।
५४) प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।
५५) आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।
५६) असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
५७) धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग-सिस्नु नै चौरासी व्यञ्जन लाग्छ, झुपडी नै महल ।
५८) गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।
५९) हामीले मन्दिरमा पैसा चढाउदैमा कचौरासी धर्म हुँदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।
६०) विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोँच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।
६१) जसले आफ्नो आत्मालाई ढाँट्छ, उसले संसारलाई ढाँट्न रत्तीभर पनि डर मान्दैन ।
६२) निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोँचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
६३) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलता पछि सफलता मिल्छ।
६४) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
६५) सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
६६) यहाँ न असल छ न त खराब नै । असल-खराब त हाम्रो सोँचाइको उपज हो ।
६७) एउटा रित्तो भाडोले नै असाध्यै धेरै आवाज निकाल्छ ।
६८) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
६९) सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
७०) यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।
७१) हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
७२) हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर हौं, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
७३) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७४) इतिहास सँधै विजेताहरूबाट विजेताहरुकै गुणगान गाएर लेखिएको हुन्छ ।
७५) एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
७६) मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ, डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको साथ साथै अघी बढ्दछ ।
७७) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
७८) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।
७९) शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८०) मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
८१) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
८२) विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।
८३) मानव मनको सबै भन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
८४) हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
८५) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
८६) अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
८७) हामी त्यही बन्छौं जुन कुरा लगातार गरि रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
८८) आशा जागा अवस्थाको सपना हो ।
८९) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
९०) हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
९१) म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
९२) जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम सुरुप तिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबै भन्दा मीठो बनाउने सबै चिजबिज हामी सँगै छन । हामीले आफ्नो कपमा चम्चाले चलाउन भुलेका हौं, कप मष्तिस्कको प्रतीक हो।
९३) हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिए पछि त्यसको मुल्य बढाईदिन्छ।
९४) कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।
९५) हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
९६) हामी त्यही बन्छौं जुन कुरा लगातार गरि रहन्छौं । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
९७) मनमा रिस पालिरहनु भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।
९८) यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।
९९) तिम्रो सफलताको बाधक :-
* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
* तिम्रो सफलताको बाधक विद्यालयीय शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोंचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।
तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चन सक्ने कुनै दोश्रो शक्ति छैन ।
१००) म कसो नबनुँला ?
– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …
सफलताका दश शुत्रहरु
(अ) आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् ।
(आ) डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजै देखी टाढा राख्नुहोस् ।
(इ) धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।
(ई) धेरै सोंचेर र योजना मात्र गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।
(उ) सधै खुल्ला सोंच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।
(ऊ) सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको त्याग/परित्याग हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा गुमाउनु पर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।
(ए) आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।
(ऐ) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।
(ओ) मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।
(औ) सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

 साभार

भारतिय मान्यता अनुसार सपनाको अर्थ निकाल्नुस् ।


हिन्दिबाट उल्था गरिएको
१) मोटो गोरु देखे - अन्न सस्तो हुने
२) चामल देखे -शत्रुता समाप्त हुने
३) पुजापाठ गरेको देखे - समस्याको अन्त्य हुने
४) शिशु चलेको देखे - रोकिएको धन प्राप्त हुने
५) कुनै फलको गुडि देखे - शिघ्र धन प्राप्ती हुने
६) खाटमा सुतेको देखे - गौरव प्राप्ती हुने
७) हराभरा जंगल देखे - प्रसन्नता मिल्ने
८) खुल्ला दरबार देखे - नयाँ ब्यक्ती संग मित्रता हुन सक्ने
९) बन्द दरबार देखे - धनको नोक्सान हुने
१०) खाएको देखे - धन र प्रशिद्दी प्राप्ती हुने
११) चश्मा लगाएको देखे- ज्ञान बढ्ने
१२) महिलाले हस्त मैथुन गरेको देखे- धन प्राप्ती हुने
१३) पुरी खाएको देखे - प्रशन्नताको समचार मिल्ने
१४) तावा देखे - गुप्त रहस्य पत्ता लाग्ने
१५) बत्ती बालेको देखे - नयाँ  अवशर पाउने
१६) आकाशमा बिजुली चम्किएको देखे - कार्य ब्याबसायमा स्थिरता आउने 
१७) मासु देखे - आकाश्मिक धन लाभ हुने
१८) बिदाई समारोह देखे - धन सम्पत्तिमा वृद्धि हुने
१९) भाँचिएको छत देखे - हराएको धन प्राप्ती
२०) सेतो परेवा देखे - शत्रु मित्र बन्ने
२१) मौरी देखे - मित्रतामा प्रेम बढ्ने
पञ्जा देखे - अचनाक धन लाभ हुने
सिंह जोडि देखे - दाम्पत्य जीवन सफलता उन्मुख हुने 
मैना देखे - उत्तम स्वास्थ्य रहने
आभुषण देखे - कुनै काम पूरा हुने
जामुन खाएको देखे - समस्या टाढा हुने
जुवा खेलेको देखे - ब्यापारमा लाभ हुने
खच्चर देखे - धन सम्बन्धी समस्या हुने
समाधी गरेको देखे - सौभाग्य प्राप्ती हुने
आफै उडेको देखे - कुनै पनि समस्या टाढा हुने/हट्ने
लडाइँ देखे - प्रशन्नता प्राप्ती हुने
लडाईमा मरेको देखे - राज प्राप्तिको योग हुने
गोबर देखे - पशुको ब्यापारमा लाभ
सुपारी देखे - रोगबाट मुक्ती
लठ्ठी देखे - आराम प्राप्ती
खाली गोरु गाडा देखे - नोक्सानी हुने सम्भाबना
सलाई कोर्नु - धनको प्राप्ती
छाती वा आँखा कन्याए - धन लाभ
लास देखे - बिमार टाढा हुने
चुरा देखे - सौभाग्य वृद्धि हुने 
धन उधारो देखे - अत्याधीक धन प्राप्ती
चन्द्रमा देखे - सम्मान प्राप्ती हुने
चाँदी देखे - धन लाभ हुने 
खेतमा पाकेको गहुँ देखे - धन लाभ हुने
फलफुल खाएको देखे - धन लाभ हुने
चश्मा लगाएको देखे - ज्ञानमा वृद्धि हुने
रातो फुल देखे - भाग्य चम्कने
सेतो फुल देखे - कुनै समस्याबाट छुटकारा मिल्ने 
सेतो सर्पले टोकेको देखे - धन प्राप्ती हुने
नदिको पानी पिएको देखे - सरकारी लाभ हुने
रोटि खाएको देखे - धन लाभ वा राज योग
कपास देखे - निरोगी हुने
कुकुर देखे - पुरानो मित्र संग मिलन
धनुष चढेको देखे - सु:ख सयल वृद्धि वा पदोन्नती 
जमिनमा ओच्छ्यान लगाएको देखि - दिर्घायु वा सु:खमा वृद्धि 
घर बनाएको देखे - प्रशिद्धी मिल्ने 
घोडा देखे - संकट टाढा हुने
मोति देखि - पुत्री  प्राप्ती हुने
अनार देखे - धन प्राप्ती हुने
गाडेको धन देखे - अचानक धन प्राप्ती
बजार देखे - दरिद्रता टाढा हुने
मृत ब्यक्ती संग गफ गरेको देखे - मनले चाहेको ईच्छा पूरा हुने
लास लगेको देखे - बिमारिबाट छुटकरा
घाँसको मैदान देखे - धन लाभको योग 
पर्खालमा किला ठोकेको देखे - ठूलो ब्यक्तिद्वारा धन लाभ 
प्क्र्खाल देखे - सम्मान बढ्ने
झरना देखे - दु:खको अन्त्य
बलेको दियो देखे - आयुमा वृद्धि 
सुर्य देखे - पदोन्नती वा धन लाभ
चेक लेखेर दिए - धन मिल्ने
कुवामा पानी देखे - धन लाभ
आकाश देखे - पुत्र लाभ
शुन्दर स्त्री देखे - प्रेममा सफलता
छुरा देखे - सौभाग्य वृद्धि 
कुवा देखे - सम्मान बढ्ने
गुरु देखे - सफलता मिल्ने
ईन्द्र धनुष देखे - उत्तम स्वास्थ्य हुने
मरेको मानिस गाड्ने ठाउँ देखे - समाजमा प्रतिस्ठा बढ्ने
कमलको फुल देखे- रोगबाट छुटकरा
देविको दर्शन गरेको देखे - रोगबाट मुक्ती मिल्ने
घुम्ती लगाएको देखे - सौभाग्य प्राप्ती हुने
छुरी देखे - संकटबाट मुक्ती
बालक देखे - सन्तानको वृद्धि 
चन्दन देखे - शुभ समाचार प्राप्ती हुने
जटा धारी साधु देखे - राम्रो समयको सुरुवात
त्रिशूल देखे - शत्रुबाट मुक्ती मिल्ने
तारामण्डल देखे - सौभाग्यमा वृद्धि 
सर्प देखे - धन लाभ
तपस्वी देखे - दान गर्ने अवशर
हुलाकी देखे - टाढाको आफन्त भेटिने
थप्पड मारेको देखे - शत्रु माथी बिजय
मसिको भाँडो देखे - धन आगमन
आफ्नै आमा देखे - सम्मान प्राप्ती 
हुलाक घर देखे - ब्यापारमा उन्नती
नक्सा देखे - कुनै योजनामा सफलता
नुन देखे - स्वास्थ्यमा लाभ
बाटो देखे - समस्याको निराकरण
आफन्त देखे - उत्तम समयको सुरुवात
दम्पती देखे - दाम्पत्य जिवनमा अनुकुलता
शत्रु देखे - उत्तम धन लाभ
तास देखे - समस्यामा वृद्धि
तिर देखे - लक्षको वृद्धि 
सुकेको घाँस देखे - जिवनमा समस्या
भगवान शिव देखे - बिपत्तिको नाश
न्याउरी मुसा देखे - शत्रु भयबाट मुक्ती
टोपी जस्तो देखे - मान सम्मनमा वृद्धि 
दूध देखे - आर्थिक उन्नती 
मन्दिर देखे - धार्मिक कार्यमा सहयोग
नदि देखे - सौभाग्यमा वृद्धि 
निल गाई देखे - भौतिक सुख प्राप्ती 
बेल पत्र देखे - धन धान्यमा वृद्धि 
आफ्नै दिदिबहिनी देखे - परिवारमा माया प्रेम र सम्बन्ध बलियो हुने 
पुजा गरेको देखे - कुनै योजनामा लभ हुने
पिर गरेको देखे - अत्याधिक शुभ फल मिल्ने
गाईको बाच्छा देखे - कुनै अनौठो घटना हुने
वसन्त ऋतु देखे - सौभाग्य वृद्धि हुने
स्वर्ग देखे - भौतिक सुखमा वृद्धि 
पत्नी देखे - दाम्पत्य प्रेम बढ्ने
स्वास्तिक देखे - धन लाभ हुने
भाइ देखे - नयाँ मित्र बन्न सक्ने
मह देखे - जिवनमा अनुकुलता हुने
स्वयंको मृत्यु देखे - भयंकर रोगबाट मुक्ती
रुद्राक्ष देखे - शुभ समाचार मिल्ने 
पैसा देखे - धन लाभ हुने
सुगा देखे - सौभाग्य वृद्धि हुने 
अलैंची देखे - मान सम्मन प्राप्ती हुने 
सरस्वतिको दर्शन  गरेको देखे - बुद्धि विवेकमा वृद्धि हुने
कोईला देखे - उत्तम स्वास्थ्य प्राप्ती हुने
छेपरो देखे - घरमा चोरी हुन सक्ने
चरा देखे - नोकरिमा पदोन्नती हुने
कन्या केटि घरमा आएको देखे - लक्षमिको आशिर्वाद प्राप्त हुने
दूध दिने भैंसी देखे - उत्तम अन्न लाभ हुने 
खाली थाल देखे - धन प्राप्तिको योग
सख्खर (गुण) खाएको देखे - राम्रो समय आउने संकेत
शिंह देखे - शत्रु सामु बिजय हुने
हात्ती देखे - ऐश्वर्य प्राप्ति हुने
ऊँट देखे - धन लाभ हुने  
सुर्य देखे - खास ब्यक्ती संग भेट हुने 
औंठि लगाएको देखे - शुन्दर स्त्री प्राप्त हुन सक्ने
आकाशमा उँदेको देखे - लामो यात्रा हुन सक्ने
आँप खाएको देखे - धन प्राप्ती हुने
अनारको रस पिएको देखे - प्रचुर धन प्राप्ती हुने
चुच्चो मुख भएको चरा देखे - ब्याबसायमा लाभ हुने
बादल देखे - चाँडै बढुवा हुन सक्ने
घोडा चढेको देखे - ब्यापारमा उन्नती हुने
ऐनामा अनुहार हेरेको देखे - कुनै महिला संग प्रेम हुने
बगैंचा देखे - खुशी मिल्ने
कपाल काटेको देखे - ऋणबाट छुटकरा पाईने 
ओच्छ्यान देखे - धन लाभ वा दिर्घायु हुने
बुलबुल देखे - कुनै विद्वान ब्याक्ती संग भेट हुने
आफै हाँसेको देखे - कसै संग बिबाद हुने
आफै रोएको देखे - प्रशन्नताको अवशर वा समाचार प्राप्त हुने
फुल देखे - प्रेममा मिलन हुने
शरिरमा फोहोर लागेको देखे - धन प्राप्तिको योग हुने
पुलमा यात्रा गरेको देखे - समाजको हितमा काम हुने 
प्यास लागेको देखे - लोभ बढ्ने
पान खाएको देखे - शुन्दर स्त्री प्राप्ती हुने
पानीमा डुबेको देखे - राम्रो कार्य हुने 
धनी ब्यक्ती देखे - धन प्राप्तीको योग हुने
बदाम खाएको देखे - धन प्राप्ती हुने
अण्डा खाएको देखे - पुत्र लाभ हुने
आफ्नै सेतो कपाल देखे - आयु बढ्ने
बिच्छी देखे - प्रतिस्ठा प्राप्त हुने
पहाड चढेको देखे - उन्नती मिल्ने
तार बार देखे - शत्रु संग बिजय हुने
हरियो साग देखे - प्रसन्न हुने 
तोप देखे - शत्रु  नष्ट हुने
धनुष चलाएको देखे - ईच्छा पुर्ण हुने
कोइली देखे - सम्मान वृद्धि हुने
तरबुजा खाएको देखे - कसै संग दुश्मनी हुन सक्ने 
जाहाज देखे - टाढाको यात्रा हुन सक्ने 

विभिन्न साधारण एवं महत्वपुर्ण योगासनहरु

१. पुतलि आसन (BUTTERFLY POSE)
पलेटी कसेर सिधा बस्नुहोस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनाङ्ग नजिक ल्याउने अधिकतम प्रयास गगर्नुहोस् । खुट्टाका औंलाहरुलाई एक अर्कामा दह्रोसँग टाँस्नुहोस्, गहिरो सास लिनुहोस् , तिघ्रालाई पुतलिको पखेटा जसरी फर्फराउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, चाक लगायत कम्मर मुनिका भाग बलिया हुन्छन् । यसको सकरात्मक प्रभाब यौन जिवनमा पर्दछ ।
२. हनुमान आसन (100° SPLIT POSE)
भुइँमा बसेर खुट्टालाई ८०° मा फार्नुहोस् । अगाडि पट्टि तन्किएर समुन्ने रहेको खुट्टाको कुर्कुच्चा सम्म हात पुपुर्याउनुहोस् र ३० सेकेन्ड सम्म यत्तिकै रहनुहोस् । यसले चाक र कम्मर मुनिको भागमा रक्त सञ्चार  तिब्र हुन्छ । सो क्षेत्रका मांसपेसिमा भएका तनावहरु हटाउँछ । यो आसनले तपाईंको यौन स्वास्थ्यलाई फाईदा पुर्याउँछ ।
३. पर्वतारोही आसन (MOUNTAIN CLIMBER POSE)
यो आसन गर्न सजिलो छ । भुइँ तिर फर्किएर झुक्नुहोस् र दाहिने खुट्टा, दुईवटा हात टेकेर तन्कनुहोस् । आफुलाई हिमाल चढ्न लागेको पर्वतारोहिको आसनमा पुर्याउन खोज्नुहोस् । अब देब्रे खुट्टाको साहाराले आफुलाई अघिकै आसनमा उभ्याउनुहोस् । यसो गर्दा पर्वतारोहिले गर्ने जस्तै हाउभाउ गर्नुहोस् । यश क्रममा गहिरो सास लिनुहोस् । यसो गर्नाले समग्र शरिरमा रक्तसञ्चार तिब्र हुन्छ । तिघ्राका भित्री मांसपेसी बलिया हुन्छन् । यश आसनले तपाईंको यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पर्दछ ।
४. भुजङ्गासन (COBRA POSE)
भुइँमा सुत्नुहोस् । हातका पञ्जा र तिघ्राको भरमा टाउकोलाई माथी उठाउनुहोस् । गोमन सर्पले फाणा उठाएको जस्तै गरि आफ्नो टाउको उठाउनुहोस् । सक्नुहुन्छ भने टाउको पछाडी पट्टि लैजानुहोस् र खुट्टा पछाडिबाट उठाएर टाउको छुवाउनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर सम्म सास भित्रै रोक्नुहोस् । यहि आसनमा ३० सेकेन्ड रहने कोसिस गर्नुहोस् । यसो गर्नाले तपाईंको ढाड, कम्मर, भुजाका जोर्नी आदि बलिया हुन्छन् । यस आसनले तपाईंको यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पर्दछ।
५. कर्णपिडासन (INVERTED PLOUGH)
यो आसन गर्दा शरिरलाई हलोको आकरमा लैजान खोज्नु पर्छ । यसका लागि भुइँमा उत्तानो फर्किएर सुत्नुहोस् । दुबै हात माथी पट्टि तन्काउनुहोस् । दुबै खुट्टा सिधा पार्नुहोस् र उचालेर बिस्तारै पछाडी लागि भुइँ छुनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर रोक्नुहोस् । यसले शरिरका सम्पुर्ण मांसपेशिलाई तन्काउँछ । यस आसनले समग्र यौन स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नुका साथै बाँझो पन भएका महिलाका लगि पनि कतिपय अवस्थामा उल्लेख्य सकरात्मक प्रभाव पार्दछ ।

  नोट :- हिन्दी लेखलाई उल्था गरिएको ।

Sunday, 25 March 2018

आंकको मात्र दुई पातले हटाउँछ जरैदेखि सुगर ....

सुगरको रोगले पिडित हुनुहुन्छ भने अब चिन्ता नलिनुस ! हाम्रै घर वरिपरि पाइने यी पातको प्रयोगले तपाइलाई सुगर रोगबाट मुक्त बनाउन पूर्ण मद्दत गर्नेछ। कसरि प्रयोग गर्ने भन्ने तरिका जान्नु अघि यो सामाग्री पढ्नुहोस् अनि तल दिएको भिडियो हेर्नुहोस:

के हो मधुमेह ? रोकथाम कसरी गर्ने ?
अमेरिकन डाईबेटिज एसोसियसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आईपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ ।
मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।

के हो मधूमेह ?
हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ ।
मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ ।

टाईप वान् डाईबेटिज
१. बिरामी दूब्ला पातला हून्छन् ।
२. ४० वर्ष भन्दा कम उमेरमा बढी हून्छ ।
३. यो प्रकारको मधूमेह इन्सूलिनको अभावका कारण हूने हुँदा ४. उपचारका लागि इन्सुलिन नै चाहिन्छ ।
५. बिरामीमा तुरुन्त लक्षणहरु देखिन्छ ।
६. यो बशांणुगत हूँदैन ।

टाईप टु डाईबेटिज
१. बिरामी प्राय मोटा हून्छन् ।
२. ४० वर्षभन्दा बढी उमेरका लागि बढी हून्छ ।
३. यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन नि आवश्यकता पर्न सक्छ ।
४. बिरामीमा लक्षणहरु ढिलो देखिन्छ ।
५. यो बशांणुगत हुन्छ ।

कारणहरु :

     टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ ।
टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।

लक्षण तथा चिन्हहरु :
१. पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।
२. तिर्खा बढी लाग्ने ।
३. भोक धेरै लाग्ने ।
४. तौल घट्ने (टाईप वान डाईबेटिज)
५. गुप्ताङ्ग चिलाउने ।
६. केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।
७. थकाई धेरै लाग्ने ।
८. घाउ ढिलो निको हुने ।
९. आाखा धमिलो देख्ने ।
१०. हातखुट्टा झम्झमाउने ।
११. रगतमा केटोन बडीज अत्याधिक बढेर रोगी बेहोस हुने र समयमा उपचार नभए रोगीको ज्यान समेत जान सक्छ । 

(टाईप वान डाईबेटिज)
जाँचहरु :
रगत जाँच :
सामान्यतया रगतमा ग्लुकोजको मात्रा खानाअघि ७० देखि १०० र खाना पछि ८० देखि १४० र एचबीएवानसी ५.७ भन्दा तल हुन्छ । तर मधुमेहका बिरामीमा ग्लुकोजको मात्रा खाना अघि १२६ वा त्योभन्दा माथि र खानापछि २०० वा त्योभन्दा माथि र एचबीएवानसी ६ दशमलब ५ वा त्योभन्दा माथि हुन्छ ।
एचबीएवानसी लामो समयसम्म ग्लुकोजको मात्रा नियन्त्रण छ कि छैन भनेर नाप्ने एक जााच हो । यो हरेक तीन महिनामा गरिन्छ ।
पिसाबमा चिनीको जाँच (केटोन बडीज)
इसीजी, बोसो र मृगौलाको जाँच
आँखाको जाँच

उपचार तथा रोकथाम :
खानपान : मधुमेहका रोगीले चिकित्सकको सल्लाहअनुसार दिनमा ६ पटक (३ चोटी खाना र ३ चोटी स्न्याक्स) लिनुपर्छ । यसरी खाँदा हरेकचोटि मात्रा मिलाएर खानुपर्छ ।
व्यायाम : मधुमेहका रोगीले हरेक बिहान कम्तीमा ३० मिनेट ब्यायाम वा मर्निङ्गग वाक गर्नुपर्छ ।
चिकित्सकको सल्लाहअनुसार औषधी चक्की वा इन्सुलिन लिनुपर्छ ।
बशांणुगत मधुमेह छ भने सन्तानहरुलाई हुने सम्भावना बढी हुने हुादा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै प्रत्येक वर्ष ग्लूकोजको जााच गर्नुपर्छ ।
मधुमेहका रोगीले चोटपटक र घाउबाट बच्नुपर्छ किनभने यी रोगीहरुमा घाउ ढिलो निको हुन्छ ।

खोप: इनफ्लूएन्जा भ्याकसिन, न्युमोकोकल र हेपाटाईटिस भ्याकसिनसबै मधुमेहका बिरामीहरुमा दिनुपर्छ ।
मदिरा, सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
मानसिक रुपमा स्वस्थ रहनुपर्छ जसको लागि ध्यान गर्न सकिन्छ ।



Monday, 19 March 2018

तितेपाती एक स्थानीय जडीबुटी, यसको औषधिय फाईदाहरू ।

Mug-wort - Tite pati (तिते पाती)


Mug-wort - Tite pati (तिते पाती)

              स्थानिय स्तरमा यत्रतत्र पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।
          जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।
           तितेपाती नेपालको भुगाेलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसकाे छुट्टै महत्व छ ।
           
औषधीको रुपमा तितेपातीले के काम गर्छ ?

१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।
२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।
३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।
४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।
कसरी उपयोग गर्ने ?
१‍. बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।
२. यसको स्वरस (झोल) ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।
३. बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।
४. छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।
५. सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।

अन्य प्रयोग 
-सबेै रोगलाई उपर्युक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।
-बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

कति प्रयोग गर्ने ? 
-सामान्य मात्रा लेदो चूर्ण तीनदेखि पाँच ग्राम प्रयोग गर्ने ।
-१० देखि १५ थोपा स्वरसको एक गिलास पानीमा काडा बनाएर सेवन या लेपन गर्ने ।
-तीन–चार थोपा दिनमा एक–दुई पटक खाँदा फाइदा गर्छ ।

       साभार ।

Monday, 26 February 2018

प्रकृतिको एउटा बरदान हो ‘सिस्नु’ जसले च्वाट्टै पार्छ यी रोगहरु: खाने हैन त अमृत झार ?


सिस्नोमा के के पाइन्छ ? रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।
त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।
यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । सिस्नोको प्रयोग गर्ने विधि १० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।
मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।
                                 == साभार==